साझा नेटवर्क
अजय खड्का ,साउन गुल्मी ०१।
नेपाल सरकारका पुर्व मुख्य सचिव तथा चिनका लागी नेपाली पुर्व राजदुत लिलामणी पौडेलको पहलमा गुल्मीका स्थानीय तह र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।
जिल्लाका १२ वटा स्थानीय तह ,गुल्मी अस्पताल र तीन वटा प्राथमीक स्वास्थ्य केन्द्रलाई मास्क, स्यानीटाईजर , अक्सिजन कन्सन्टेटर उपलब्ध भएको छ । जसमा जिल्लाको रुरु क्षेत्र गाउँपालिका , छत्रकोट गाउँपालिका , गुल्मी दरवार गाउँपालिका र रुरु प्राथमीक स्वास्थ्य केन्द्रमा स्वयम पौडेललेनै हस्तान्तरण गर्नुभएको छ ।
जिल्लाका अन्य स्थानीय तह र स्वास्थ्य संस्थालाई भने जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत प्रदान गरिने छ । स्वास्थ्य साम्रागी प्रदान गदै पौडेलले माक्स र स्यानीटाइजरले कोरोना रोकथाम तथा संक्रमण बाट जोगीन महत्वपुर्ण भुमिका निवार्ह गर्ने बताउदै प्रदान गरिएका स्वास्थ्य सामाग्री नागरीक स्तर सम्म पुराउन सबैलाई आग्रह गर्नुभयो ।
पौडेलको पहलमा गृह जिल्ला गुल्मीमा १ लाख थान मास्क, १ सय मिलि लिटिरका ४ सय बोतल स्यानीटाइजर र रुरु प्राथमीक स्वास्थ्य केन्द्रको लागी १ वटा अक्सिजन कन्सन्टेटर प्राप्त भएको नेकपा माओवादी केन्द्रका नेता यदु ज्ञवालीले बताउनुभयो । त्यस्तै जिल्लाका अन्य तीन वटा स्वास्थ्य संस्थलाई पनि अक्सिजन कन्सन्टेटर प्रदान हुने उँहाको भनाई छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend