logo
  • शनिबार, साउन ३० २०८३

सिमिचौर स्वास्थ्य चौकी पुर्ण पोषण मैत्रि संस्था घोषणा


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अजय खड्का, गुल्मी साउन १।
गुल्मीको रेसुङ्गा नगरपालिका वडा नं १० को सिमिचौर स्वास्थ्य चौकी पुर्ण पोषण मैत्रि संस्था घोषणा भएको छ।
बिहिबार रेसुङ्गा नगरपालिकाको स्वास्थ्या शाखाको आयोजनामा एक कार्यक्रमको आयोजना गरी उक्त स्वास्थ्य चौकीलाई पुर्ण पोषण मैत्रि संस्था घोषणा गरीएको हो ।

नगरपालिकामै पहिलो पटक यो स्वास्थ्य चौकिलाई पुर्ण पोषण मैत्रि संस्था घोषणा गरीएको नगरपालिकाको स्वास्थ्य शाखा बोम अर्यालले बताउनुभयो । उहाँले यसरी घोषणा हुँदा थप चुनौति पनि थएिकाले कार्यक्रममा उपस्थीत स्वास्थ्यकर्मी लगाएत स्वास्थ्य स्वयम सेविकाहरुलाई स्वास्थ्य क्षेत्रमा वडा लाई नमुना बनाउनु पर्नेमा जोड दिनुभयो।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष तथा नगरपालिकाका कार्यवाहक नगरप्रमुख पदम अर्यालले उक्त स्वास्थ्य चौकीमा आवस्यक स्वास्थ्य समाग्रीको अभाव नरहेको र अब छिट्टै एम्बुलेन्स र ल्यावको पनि ब्यावस्था गरीने भएकाले विरामीहरुको सेवामा अझ क्रियाशिल रहन आग्रह गर्नुभयो। घोषणा कार्यक्रममा सुनौलो हजार दिनका ३ आमाहरुलाई घ्यू र १७ जना स्वास्थ्य स्वयम सेविकाहरुलाई तौल लिने मेसिन समेत वितरण गरीएको थियो ।

स्वास्थ्य चौकी व्यावस्थापन समितिका उपाध्यक्षको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि वडा नं १० का वडाध्यक्ष तथा नगरपालिकाका कार्यवाहक नगरप्रमुख पदम अर्याल, विशिष्ट अतिथी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बोम अर्याल,नगरपालिका स्वास्थ्य.शाखा सि.अ.न.मि मञ्जु घर्तिमगर , सिमिचौर स्वास्थ्य चौकी प्रमुख शोभारानी घर्ति थापा, वडा सदस्यहरु, स्वास्थ्य चौकी व्यावस्थापन समितिका सदस्यहरु, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मिहरु, वडाका कर्मचारीहरु, पत्रकार लगाएतको सहभागीता रहेको थियो।

कार्यक्रमको सहजीकरण वडा सचिव रेखा अर्यालले गुर्नभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend