साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार ३१।
हिन्दु नेपाली महिलाहरुको महान पर्व आउन झण्डै २ महिना बाँकी रहदा बजारमा तिज पर्वसँग सम्बन्धीत गीतहरु भने सार्बजनिक हुने गरेका छन् । यतिबेला गायक गायिकाहरु तिज गीतहरु रेकर्ड गर्न, म्युजिक भिडियो तयार गर्न aव्यस्त छन् ।
लोकप्रिय गायक तिलक बस्नेत र गायिका मैयाँ खडकाको तिज कोसेली बजारमा आएको छ ।गायक बस्नेतले ‘टिकियाले हो’ नामको तिज गीत सार्बजनिक गरेका छन् । मौलीक भाकामा तयार गरिएको गीतलाई धेरै दर्शक श्रोताले मन पराउने गायक बस्नेतले बताए। गायक बस्नेतको लय शब्द रहेको गीतमा चर्चित मोडल रियासा दाहाल र निराजन प्रधानको अभिनय रहेको छ ।
गीतको पुरा भिडियो हेर्नुहोस् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend