साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी असार ३१ ।
लोकप्रिय गायक तथा एरेन्जर रामचन्द्र चन्दको नयाँ एकल गित सार्वजनिक भएको छ । प्रेम कथामा आधारित गित “हाम्रो माया कमलको फूल बनोस लाई पुनः नयाँ संस्करणका साथ प्रकाशन गरी बजारमा ल्याईएको हो ।
कथा नामक गीतमा गायक रामचन्द्र चन्दको स्वर रहेको छ । जानकी पन्तको लय, कमल खनालको संगीत, रुविन मगरले एरेन्ज गर्नुभएको गीत मन्जरी स्टुडियोमा रेकर्ड गरिएको थियो । झन्डै एक दशक भन्दा बढी समयदेखि नेपाली लोक संगितको यात्रामा निरन्तर लाग्दै आउनु भएका चन्दका दर्जनौं गीतहरु बजारमा आईसकेका छन् ।
हाल साँगितिक कर्मको शिलशिलामा काठमाडौंमा रहँदै आउनु भएका चन्द गायन सँगै संगित संयोजन तथा एरेन्जरको रुपमा समेत चिनिनुहुन्छ । आफ्नो पुरानो गीत लाखौं स्रोता र दर्शकले रुचादिनुभएकोले पुनः नयाँ संस्करण गरी बजारमा ल्याएको गायक चन्दले साझा नेटवर्क सँगको कुराकानीमा बताउनुभयो ।
भिडियो हेर्नुहोस।
https://www.youtube.com/watch?v=y8LrtkHa64A
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend