logo
  • शुक्रबार, साउन ८ २०८३

ढुक्कसँग निदाउने छन् धुर्कोटवासी


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

सन्तोष महतारा
गुल्मी, २९ असार । घरको छानो खरको भएपछि गर्मीयाममा आगलागी डर अत्याधिक हुन्छ । बर्षायाममा आकाशको पानी नछेक्ने डर उत्तिकै हुन्छ । वर्ष विते फेरि नयाँ खर फेर्नुपर्दछ । परम्परागत रुपमा छानोमा प्रयोग गरिदैं आएको खरले सुन्दर गाउँलाई कुरुप बनाइरहेको हुन्छ । महलमा बस्नेहरुले खरका छानाको घर देखेमा उनीहरु रमाउँछन् । रमाइलो गर्छन् । तर, वास्ताविक पीडा बाध्यताले खरको छानो भएका घरमा बस्नेहरुको हुन्छ । यस्ता अनेकौं समस्याहरुलाई समाधान गर्दै गुल्मीको धुर्कोट गाउँपालिकाले खरको छानो मुक्त घर निर्माण सम्पन्न गरेको छ ।

वि.सं.२०७४ असार २८ गते नवनिर्वाचित धुर्कोट गाउँपालिकाका जनप्रतिनिधिहरु को पहिलो औपचारिक कार्यपालिकाको बैठकबाट निर्णय गरिएको खरका छानाहरु हटाएर जस्तापाताले छाउने काम ठिक ४ वर्ष पछाडी सम्पन्न गरि गुल्मीमा पहिलोपटक खरका छाना मुक्त पालिका घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । नागरिकको सुरक्षित आवासमा बस्न पाउने अधिकार भएपनि नागरिक गरिबका कारण बञ्चित भएकोले देशमा पहिलोपटक धुर्कोट गाउँपालिकाले खरका छाना भएका घर मुक्त गर्ने योजना बनाएको थियो । जुन योजना जिल्लाका अन्य स्थानीय तह हुदैं देशव्यापी बनेको छ ।

‘समृद्ध धुर्काेट हाम्रो सान’ भन्ने मुल नारा लिएर अगाडी बढेको धुर्कोटले गाउँपालिकाका सबै वडामा खरका छाना भएका घरहरुलाई जस्तापाता बितरण गरि नागरिक सुरक्षित आवास, जनता आवास, एकिकृत नमुना वस्ती र भुकम्प पछि निर्माण गरिएका पुननिर्माण गरिएका सम्पुर्ण घरहरुलको छानो खरमुक्त गरिएको अध्यक्ष पोखरेलले बताए । धुर्कोट गाउँपालिकाको वडा नम्बर १ मा २१ जनाले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेका छन् । वडा नम्बर २ मा १७ घर, वडा नम्बर ३ मा १ सय १० घर, वडा नम्बर ४ मा ४० घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरेका छन् । त्यस्तै गाउँपालिकाको वडा नम्बर ५ मा ६७ घर, वडा नम्बर ६ मा १ सय ६ घर र वडा नम्बर ७ मा १ सय ४३ जना गरि कुल ५ सय ४ घरले गाउँपालिकाबाट जस्तापाता प्राप्त गरि खरको छानो हटाएका छन् । नागरिक सुरक्षित आवासबाट गाउँपालिकाभित्र १ सय ५७ घर निर्माण भएका छन् । जनता आवास कार्यक्रमबाट गाउँपालिकामा ३७ घर निर्माण भएका छन् । गाउँपालिका भित्र १८ घर एकिकृत नमुना वस्तीको रुपमा वडा नम्बर ७ मा घर निर्माण भएका छन् । त्यस्तै गाउँपालिकामा भुकम्पपछि ५ सय २९ घर पुननिर्माण भएको गाउँपालिकाका अध्यक्ष पोखरेलले जानकारी दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ जिलला कार्यसमिति गुल्मीका अध्यक्ष टोपलाल अर्यालले खरका छानामुनि बस्दाको पीडाको बारे धेरै समस्या हरु उठान गरेको भन्दै उनले अभियान अझै प्रभावकारी बनाउन गाउँपालिकालाई आग्रह गरेका थिए । नेकपा माओवादी केन्द्र धुर्कोटका अध्यक्ष गोपाल कुँवरले पालिकाले गर्न सक्ने कुनै काम बाँकी नराखी निरन्तर गरिरहेकोले खरका छाना मुक्त घर निर्माण घोषणा गर्न सफल भएको बताए । नेपाली काँग्रेसका नेता छन्द पहराइले खरका छानामक्त घर निर्माण गर्ने योजना पहिलो योजना भएको बताए । ऐतिहासिक रुपमा गरिएको निर्णय सफलता पुर्वक सम्पन्न भएकोमा उनले खुसी ब्यक्त गरे । गाउँपालिकाका उपाध्यक्ष शिव बहादुर खत्रीले नागरिकका बिचमा पुगेर चनाब प्रतिबद्धता गरेजस्तै गरि विशाल जनसहभागितामा खरका छाना मुक्त घर निर्माण पालिका घोषणा गर्ने योजना भएपनि त्यो अवसर कोभिडले गुमेको बताए । १ बर्ष अगाडि घोषणा गर्न सकिने यो कार्यक्रम कोभिडले गर्दा केही ढिला भएको उनले स्पष्ट पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले विकास निर्माणमा धुर्कोट अगाडी रहेर विकास गरेकोमा खुसी ब्यक्त गरेका थिए । “धुर्कोटसँगै जिल्लाभर गाउँगाउँमा बिद्यालयका भवन, स्वास्थ्यचौकीका भवन, सडक लगायतका विकासका पुर्वाधारहरुले पछिल्लो ४ वर्षमा फड्को मारेको छ ।” जिल्ला समन्वय समिति गुल्मीका प्रमुख पराजुलीले भने, “कोरोना महामारीको यस बिषम परिस्थतिमा कोभिडलाई सामान्य नठानी सर्तक रहेर हरेक क्रियाकलाप अगाडी बढाउनुपर्दछ ।” उनले विकासका केही पुर्वाधारहरु जिल्लाबाट चलेको उल्लेख गर्दै स्थानीय तहलाई अधिकतम अधिकार दिएर संघियताको मर्म अनुसान अगाडी बढ्नुपर्ने धारणा राखेका थिए । विकासका काममा गुणस्तर नहुनुका साथै अनुगमन र नियमन पनि कम मात्रामा भएको पराजुलीले गुनासो गरे । कार्यक्रका अध्यक्ष धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले खरका छाना मुक्त घर निर्माण सम्पन्न गर्न नागरिकको सहयोगले मात्र सम्भव भएको भन्दै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । कार्यक्रममा सबै वडाका वडाध्यक्ष, राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायत सरोकारवालाको उपस्थिति रहेको थियो । गाउँपालिकाले जस्तापाता बितरण, नागरिक सुरक्षित आवास, जनता आवास, एकिकृत नमुना वस्ती र भुकम्प पछि निर्माण गरिएका पुननिर्माण घरसहित कुल १९ करोड २९ लाख ९४ हजार १ सय १९ रुपैयाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend