साझा नेटवर्क
२६ असार, गुल्मी ।
आजभोली नेपाली समाजका प्रायःमान्छेहरु हरेक अवसरमा होटल, पार्टी प्यालेस, रेष्टुरेन्ट, क्याफे पुगेर रमाईलो गर्ने गर्छन, अनि थुप्रै पैसा फजुल खर्चमै उडाउने गर्दै आइरहेका हुन्छन् । जन्मदिन, एनिभर्सरी,वत्रवन्ध, विवाह भोजमा लाखौ उडाउने प्रचलन पछिल्लो समय धेरै बढेको छ ।
यी र यस्तै पार्टीभोज गरेर सामाजीक सञ्जालमा फोटो पोष्ट गर्ने त फैसन अथवा परम्परानै बनेको छ । तर कुनै त यस्ता पनि हुन्छन् जस्ले यी र यस्ता अवसरमा आफुले खर्च गर्न चाहेको रकम बचाएर गरीब, असहाय, वृद्ध वृद्धा, अनाथ बालबालिकाहरु लाई सहयोग गर्ने गर्छन ।
तिनै मध्ये एक परिवार हुन् गुल्मी जिल्ला धुर्कोट गाउँपालिका–२ पिपलधारा उदिना घरभई हाल क्यानाडा बस्दै आएका खत्री परिवार (हिरेन्द्र(हिरा)खत्री, अन्जु खत्री, मुनु खत्री , लिन्कन खत्री), मावली (राजेस कनेल, शारदा कनेल) । जसले आफ्नी छोरी नातिनी आइजेल खत्रीको जन्मदिनको सुखद अवसरमा काठमाण्डौं मा बसोबास गर्दै आएका आफ्ना भाञ्जा प्रकाश थापा मार्फत काठमाडौं स्थित नवजीवन परोपकार समाज र रिमा सेवा समाजको संरक्षणमा रहेका अनाथ, असहाय एवम् वृद्ध वृद्धा लाई खाना खुवाउन आर्थिक रकम पठाए ।


जसबाट संरक्षणकर्ता ले भोकाहरुको भोक मेटाए , उता उनीहरुले खुसी भेटाए । परोपकार नै धर्म माने, भोकालाई खाना दिनु नै खुसी ठाने ।
प्रायः धनाढ्य्य मान्छेहरु भोकापेटहरु लाई नजर अन्दाज गर्छन र देखावटी र बनावटीलाई रवाफ् तथा सान ठान्छन् ।
धर्म के हो, शर्म के हो , पाप के हा,े पुण्य के हो मतलब नै राख्दैनन् । कुनै यस्तापनि छन् जसले परोपकारलाई नै सफलता, उपलब्धी र खुसी ठान्दछन् ।

क्यानाडा लाई कर्मभूमी बनाएका यी खत्री परिवार जसले विगतमा पनि धेरै अवसरहरुमा दिनदुःखी, असहाय, गरीब, निमुखा, भोका र नाङ्गाहरुको सहयोगको लागि विभिन्न अवसरमा आफ्ना खर्च कटाएर आर्थिक सहयोग गर्दे आईरहेका छन् । तीनै आइजेल खत्रीलाई जन्मदिनको शुभकामना, आइजेल खत्री एवम् परिवार लाई अझै खान पुगोस र दिनपुगोस् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend