साझा नेटवर्क
हरि कुमार केसी,गुल्मी असार २४ ।
बुधबार बेलुकी देखि परेको अविरल बर्षा सँगैको पहिरोले कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाट बजारमा ४ घर उच्च जोखिममा परेका छन् ।
असारको पहिलो हप्ता परेको पानीले पुर्तिघाट बजारको माथिल्लो भू-भागबाट पहिरो झरेको थियो । सो पहिरोले ३ घर परिवारलाई विस्थापित गरेको थियो भने अन्य ३ घर परिवार उच्च जोखिममा परेको थिए । सोही दिन कालीगण्डकी नदीमा आएको बाढीले बजारमा रहेको कालीगण्डकी पाउरोटी उद्योगमा पनि क्षति पुगेको थियो । सोही दिन देखि पानी पर्दाको रात गतिलो तरिकाले निदाउन नपाएका पुर्तिघाट बजार बासी गत राती १२ बजे देखि जाग्राम बसेर रात कटाए । भिषण वर्षाले असारको पहिलो हप्ता झरेको पहिरो फेरि झर्न थालेको छ ।
जसले गर्दा कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ पुर्तिघाट का सुर्य बहादुर श्रेष्ठ,कमल राना,सुजन श्रेष्ठ र जीत बहादुर नेपाली को घर उच्च जोखिममा रहेको वडा सदस्य टुक बहादुर सार्कीले जानकारी दिनुभयो । पहिरो सँगैको लेदो पस्दा सँगै रहेको राज मोटरसाइकल वर्कशप,दाजुभाइ मिट मार्ट,साइमन एण्ड समीप इलोक्ट्रोनिक्स मा पनि क्षति पुर्याएको छ ।
क्षति पुगेका पसल र जोखिममा रहेका पशलका सामानहरू सुरक्षित स्थानमा सारिएको छ भने जोखिममा रहेका परिवार सुरक्षित स्थानमा सरेको वडा सदस्य सार्कीले जानकारी दिनुभयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend