logo
  • शुक्रबार, साउन ८ २०८३

पाल्पामा पहिरोले घर पुरिदा एकको मृत्यु , ७ घाइते


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

असार २४, बिहीबार विहान पाल्पामा पहिरोले घर बनाउँदा एक जनाको घटनास्थल मै मृत्यु भएको छ । घटनामा एक जना बालक बेपत्ता छन् भने ७ जना घाइते रहेका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

विहान ४ बजेको समयमा जिल्लाको तिनाउँ गाउँपालिका–५ गिट्टिखानी स्थित सिद्धार्थ राजमार्ग छेउमा रहेको घरहरुमा माथिबाट आएको  पहिरोले  पुरिँदा सोही स्थानका अन्दाजी ४५ बर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको हो ।   एक जना चार बर्षीय बालक आरोप परियार  भाग्ने क्रममा बेपत्ता भएका छन् ।

 

त्यस टोलका पाँचवटा घर  पहिरोले पुरिँदा सोही स्थानका अन्दाजी ५० वर्षीया सुन्दरी  गुरुङको अवस्था गम्भीर रहेको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी  रामेश्वर त्वाँतीले जानकारी दिए । उनका अनुसार  त्यस टोलका २६ वर्षीय रमेश परियार , २४ वर्षीया पूजा परियार , ५० वर्षीय बलबहादुर पुन , १५ वर्षीय दीपेश  पुन , २० वर्षीय आकाश तामाङ र २२ वर्षीय दिलबहादुर राना घाइते भएका छन् । घाइते सबैलाई लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभास पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend