साझा नेटवर्क
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘जन्मौ जन्म न छुटिने नाता…’ सार्वजनिक भएको छ । सागर अधिकारीको संगीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहलाई फिचरिङ गरिएको छ । गीतको भिडियोमा आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाडा भएको विषयलाई निक्कै कलात्मक ढंगले प्रस्तुत गरिएको छ । उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।
‘गीत जति मन छुने खालको छ भिडियो पनि त्यतिकै राम्रो बनाउने कोशिस गरेको छु’, निर्देशक चन्दले भन्नुभयो । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend