साझा नेटवर्क
काठमाडौं, असार २२ ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तथा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले मिडियाको भीडमा कसरी आफूलाई पृथक रुपमा देखाउने भन्ने कुरा मुख्य चुनौतीको रुपमा आएको बताए ।
जयदेश डट कमको शुभारम्भ विशेष कार्यक्रममा मंगलबार बोल्दै उनले मिडिया आफै पनि कसरी प्रस्तुत हुने भन्ने कुरमा स्पष्ट हुुनुपर्ने बताए ।
‘मिडियालाई कसरी स्थापित गर्ने भन्ने चुनौती छ, आफूलाई आम पाठक माझ कसरी परिचित गराउने भन्ने कुरामा मिडिया पहिले नै स्पष्ट हुनुपर्छ ’ उनले भने, ‘प्रतिस्पर्धा र तुलना अरूसँग होइन आफू कसरी फरक रुपमा प्रस्तुत हुने, नयाँ कुरा दिएर र लक्ष्य निर्धारण गर्ने कुरा महत्वपूर्ण हो ।’
उनले अहिले मिडिया साक्षरताको अभाव खड्किएको र मिडियाको दायित्व आफ्ना पाठकलाई साक्षर गराउने दायित्वबाट पन्छिन नमिल्ने र साक्षर बनाउन लाग्नुपर्ने बताए । उनले भने, ‘पहिलो त अडियन्सको टेस्ट सेट गर्नुछ, त्योसँग माइन्ड सेट लाई परिवर्तन गर्नु आवश्यक छ ।’
उनले राज्य पत्रकारिता प्रति इमान्दार नभएको बताए । उनले भने, ‘राज्य प्रेस स्वतन्त्रतालाई स्वीकार्ने पक्षमा छैन बरु प्रेस सम्बन्धी कानुन ल्याएर नियन्त्रण गर्ने पक्षमा छ ।’
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend