logo
  • आइतबार, असोज ११ २०८३

प्युठानको गौमुखीमा दुई झोलुङ्गे पुल सञ्चालनमा


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

जोगिन्द्र मल्ल, प्युठान असार २१ ।
वर्षायामको मौसममा नदिनाला, खोला वारपार गर्नु बाध्यता हो । कयौं को त आवातजावत गर्दा ज्यान नै गएका घटनाहरु प्रसस्त छन ।
प्रदेश सरकार र गौमुखी गाउँपालिकाको सम्पुरक लागत तथा उपभोक्ता समितिको साझेदारीमा गौमुखी गाउँपालिका वडा न एक र दुई जोडने दुईवटा झोलुङ्गे पुल सम्पन्न भएका छन ।
सो खोला झोलुङ्गे पुल र खलुखोला झोलुङ्गे पुल उदघाटन गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले हामीले मोटरबाटो, शिक्षा, खानेपानी लगायतका पुर्वाधारलाई  प्राथमिकता दिएपनी आवातजावत गर्न अति आबस्यक र महत्त्वपूर्ण अभिन्न अंग झोलुङ्गे पुल रहेको बताउनु भयो।
वर्षायाममा खेतीपाती घाँस दाउरा गर्न एक ठाउबाट अर्को ठाँउमा जानु पर्ने बाध्यता भएको बताउदै अध्यक्ष गिरिले निर्माण भएका झोलुङ्गे पुल संरक्षण तथा मर्मत सम्भारलाई स्थानीयले जोड दिनु पर्ने र पुल निर्माणकालागि जग्गा दिने दाता र स्थानीयलाई धन्यवाद दिनु भयो।
दुबै झोलुङ्गे पुलको लागत करिब १ करोड १२ लाख रहेको र ९३३ घरधुरी लाभान्वित हुने छन । पुल बनाउने जिम्मा जेभी सेवा फाउन्डेसन जेभी कृयटिभले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend