साझा नेटवर्क
काठमाण्डौ, असार १९ ।
पछिल्लो २४ घण्टामा दुई हजार तीन सय २८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार आठ सय ३७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार पाँच सय २७ जना र चार हजार दुई सय ९६ जनाको एन्टीजेन परीक्षण गर्दा आठ सय एक जना गरी दुई हजार तीन सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म पीसीआर विधिबाट गरेको परीक्षणमा ६ लाख ४३ हजार पाँच सय ८० जना र एन्टीजेन विधिबाट गरिएकोे परीक्षणमा ३७ हजार पाँच सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन हजार ६६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६ हजार ६ सय ६६ पुगेको छ ।
अहिले नेपालमा २७ हजार सात सय १६ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै थप १९ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यो संगै मृत्यु हुनेको सङ्ख्या नौ हजार एक सय ९८ जना पुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend