logo
  • आइतबार, असोज ११ २०८३

रेसुंङ्गा नगरपालिका द्वारा कृषकहरुलाई कृषि सामग्री वितरण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

गुल्मी, असार, १९ । रेसुंङ्गा नगरपालिका गुल्मीले वार्षिक स्वीकृत कार्यक्रम साना कृषि औजार तथा यन्त्र उपकरण अनुदान कार्यक्रम अनुसार नगरभित्रका कृषकहरुलाई कृषिकार्यतर्फ आकर्षित गर्न , कृषिलाई आधुनिकिकरण गर्दे, व्यावसायिक कृषिलाई थप प्रवद्र्धन एवं विकास गर्ने उदेश्यका साथ ५० प्रतिशत अनुदानमा कृषि साम्रगीहरु वितरण गरेको छ ।

रेसुङ्गा नगरपालिका गुल्मीका नगर प्रमुख डिल्लीराज भुसाल, नगर उपप्रमुख सीता भण्डारी, प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, सूचना अधिकृत शंकर प्रशाद गौतम, सूचना प्रविधि अधिकृत तपन पाण्डे, कृषिशाखा अधिकृत तारा पाण्डे वडा अध्यक्ष पदम अर्याल लगायतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख डिल्लीराज भुसालले आफुले निर्वाचित भएपछि गरीब, असहाय, दलित लगायत सबैलाई समेट्ने गरी बिना पुर्वाग्रह र भेदभाव रहित भएर काम गर्दै आएको र यो कार्यक्रम पनि त्यसैको निरन्तरता भएको बताउनु भयो ।

आज एक कार्यक्रम बिच कृर्षकहरुलाई ४० थान हाते ट्रयाक्टर, ११५ थान प्लाष्टिक टनेल, १५ थान च्यापकटर, १२ थान कर्न सेलर, १५ थान प्लाष्टिक पोखरी गरी ४० लाख बराबरको कृषि सामग्री वितरण गरेको रेसुंङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी ले साझा नेटर्वकलाई बताउनु भयो ।

विगतका वर्षहरुमा जस्तै यसपाली पनि रेसुंङ्गा नगरपालिकाले कृषिक्षेत्रलाई प्राथमिकतामा राखी सो कार्यलाई निरन्तरता दिएको छ । नगरपालिकाले नगरभित्र उत्पादित कृषि उपजलाई खेतबारीमै पुगेर संकलन गर्ने, उचित दररेटमा खरिद गर्ने र विक्री वितरण समेत गर्दै आएको थियो । हाल कोरोनाको दोस्रो लहर सुरु भएपछि केन्द्रको निर्दैशन बमोजिम कोरोना रोकथाम र नियन्त्रण गर्नका लागि सो कार्य स्थगित गरेको छ ।

यसै बिच नगरपालिकाले मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्र्तगत पनि कृषि औजार उपकरण वितरण गरेको छ । जसमा लक्षित बर्गलाई हाते ट्रयाक्टर ८ थान, सिंचाई हिल ट्याङकी १०० थान र प्लाष्टिक टनेल ११५ थान, वितरण गरेको कार्यक्रम अधिकृत शंकरप्रसाद गौतमले बताउनु भयो ।

नगरपालिकाले व्यवसायिक कृषिमा संलग्न ३७ कृषकहरुलाई उत्पादनमा आधारित अनुदान दिने भएको कुरा कृषिशाखाका प्राविधिक हरिशरण पन्थीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend