logo
  • आइतबार, असोज ११ २०८३

गुल्मी सेवा समाज ओमनद्वारा अग्नि पिडित पाण्डेलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

कुमार “अविरल” पन्थी, गुल्मी असार १७ ।
गुल्मी सेवा समाज ओमनले अग्नि पिडित पुतला पाण्डेलाई छत्तीस हजार एकसय सत्ताइस (३६,१२७) रुपैयाँ आर्थिक सहयोग गरेको छ । गुल्मीको धुर्कोट गाउँपालिका६ भेकुनडाडा बस्ने ३२ वर्षकी महिला पुतला पान्डेको घर नजिकै रहेकोे सामुदायिक वनमा गत चैत्र २७ गते एक्कासी लागेको आगोले आफू बसिआएको घर नजिकै आइरहेको देखेपछि घर जोगाइ आगो निभाउने क्रममा आफ्नै शरीरमा आगो सल्किएर शरीरका विभिन्न भाग जलेको थियो ।
आगोबाट शख्त घाईते भएकी पाण्डेलाई उपचारमा धेरै रकम खर्च भईसकेको र ठप उपचारका लागि आर्थिक अभाव भएपछी समाजका आजिवन सदस्य रुद्रप्रसाद ढकालले समाजलाई जानकारी गराइ सहयोगका लागि अपील गरेका थिए ।
समाजलाई आएको अपिलमा समाजका सबै सदस्यहरुको सहमत जुटेपछी आर्थिक संकलन गर्ने निर्णय गर्दै आजिवन सदस्य रुद्रप्रसाद ढकालको पहलमा रकम संकलन गरिएको थियो ।

समाजका वरिष्ठ उपाध्यक्ष सुर्य पन्थी, धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल, उपाध्यक्ष शिव खत्री, वडा अध्यक्ष कृष्ण नेपाली त्यस्तै रेसुङा नगरपालिका ४ अर्खलेका समाजसेवी ईश्वरी पन्थी लगायतको सामुहिक उपस्थितिमा सहयोग रकम पिडितलाई हस्तान्तरण गरिएको थियो ।

यस बिपत्तिमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु प्रती गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले हार्दिक धन्यवाद प्रकट गरे । अग्नि पीडित पुतला पाण्डे र उहाँकै श्रीमानले सहयोगमा हात थप्नेहरु सम्पुर्णमालाई आभार व्यक्त गरेका थिए ।

त्यस्तै समाजका अध्यक्ष दुर्गा प्रसाद ढकालले सेवामुलक काममा समाजका धेरै मित्रहरू सहभागी भई आफ्नो सक्दो सहयोग गरि पीडितसम्म उपलब्ध गराउनु हुने सम्पुर्ण ओमान बासीहरु साथै हस्तान्तरणमा सहभागी हुनुहुने समाजका वरिष्ठ उपाध्यक्ष, गाउँपालिकाका जनप्रतिनिधिहरु लगायत सबैलाई धन्यवाद व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend