logo
  • आइतबार, असोज ११ २०८३

बोधिसत्वा बिहारद्वारा गुल्मीका स्वास्थ्य चौकीलाई दोस्रो पटक स्वास्थ्य सामाग्री प्रदान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री, गुुल्मी असार १४।
गुल्मीमा बोधिसत्वा बिहारद्वारा दोस्रो पटक स्वास्थ्य सामाग्री सहयोग गरेको छ । वोधीसत्वा बिहार वुढानिल्कण्ठ काठमाण्डौंको आर्थिक सहयोग गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा दोस्रो पटक स्वास्थ्य सामाग्री प्रदान गरिएको हो ।
यसरी स्वास्थ्य सामाग्री पाउनेहरुमा जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–१ स्वास्थ्य चौकी, रेसुङ्गा नगरका वडानम्बर–११ र १२ का स्वस्थ्य चौकी र गुल्मीदरबार वडानम्बर–६ को स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री हस्तातरण गरिएको हो । त्यस्तै स्वास्थ्य संस्था बाहेक शसस्त्र प्रहरी वल गुल्म गुल्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मी र देउराली चेक पोष्टलाई स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीका पूर्व अध्यक्ष जनक पन्थले बताए ।
स्वास्थ्य सामाग्री जिल्ला सदरमुकाम तम्घासमा जनप्रतिनिधी सहित एक कार्यक्रमका बिच समाजसेवी मानबहादुर श्रेष्ठले हस्तातरण गरिएको हो ।२० वटा अक्सिजन कन्सेन्ट्रेटर ,माक्स, सेनिटाईजर,पिपिइ, बिपी सेट, थर्मल गन, लगायतका २१ प्रकारका स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको पन्थले बताए । विश्व भर रहेका बौद्ध धर्मालम्बीहरुको सहयोगबाट जिल्लामा दोस्रो चरणमा १० लाख बराबरको स्वास्थ्य सामाग्री स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको छ।

सामाग्री हस्तातरण कार्यक्रममा रेसुङ्गा नगरपालिका वडानम्बर–१३ का वडाअध्यक्ष खुमबहादुर खत्रीले सामाग्री संस्थाहरुले जिल्लामा कोरोना बिरुद्ध लडन ठूलो सहयोग गर्दै आएको बताए । उनले सहयोग गर्ने संस्थालाई आभार प्रर्कट गरे ।सोहि संस्थाले यसअघि जिल्लाका गुल्मी अस्पताल, सिमिचौर, इस्मा, अर्जै, हर्दिनेटा, श्रृङ्गा, शान्तिपु्र र दुबिचौर स्वस्थ्य चौकीलाई २० वटा अक्सिजन कन्सेन्ट्रेटर ,माक्स, सेनिटाईजर,पिपिइ लगायतका संस्थाहरुलाई ३५ लाख बढिको स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । संस्थाले जिल्लामा केहिसमय पछि पुन खाध्यसामाग्री बितरण गर्ने गरि समन्वय भइरहेको पन्थले बताए ।

दोस्रो भेरियन्टको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणबाट बच्नको लागि वोधिसत्वा विहार बुढानिलकण्ठ काठमाडौंंले देशभरीनै स्वास्थ्य सामाग्री बितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend