साझा नेटवर्क
प्रिन्स मिश्रा,कपिलवस्तु असार ११ ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० मा रहेका छात्रा हरुलाई साइकल वितरण गरिएको छ । वडाका २० जना छात्रा हरुलाई साइकल वितरण गरिएको हो ।
छात्रा हरुलाई शिक्षा प्रति पहुच पुर्याउन बिद्यालय आवत जावतमा सहजता पुर्याउन शिवराज नगरपालिका वडा नं १० मा छात्राहरु लाई साइकल वितरण गरिएको वडा अध्यक्ष मन्जु मिश्राले जानकारी दिनु भएको छ । पैदल हिडेर एक गाउँबाट अर्को गाउँमा पढ्न जदाँ धेरै समय लाग्ने गथ्र्यो ,बर्षायाममा पनि विद्यालय जानू पर्थ्यो अब साइकल पाएपछि समयको बचत हुने र समय मै विद्यालय पुगिन्छ भने साइकल पाएकी एक विद्यार्थीले खुशी ब्यक्त गरिन ।
साइकल वितरण गर्दै वडा अध्यक्ष मन्जु मिश्रले हरेक वर्ष छात्रा हरुलाई शिक्षा प्रति पहुच पुर्याउन बिद्यालय आवत जावतमा सहजता पुर्याउन बजेट छुट्याउने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो l त्यतै वडा नं १० ले रेडक्रसकाे पहलमा र युनिसेफको सहयोगमा २ जना अनाथ बाल बालिकाहरू लाई ५-५ हजार समेत आर्थिक सहयाेग गरेका अध्यक्ष मिश्राले बताएका छन l
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend