logo
  • आइतबार, असोज ११ २०८३

गौमुखी गाउँपालिका प्यूठानको दशौं गाउँ सभा आजबाट शुभारम्भ


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

जोगिन्द्र मल्ल,प्युठान असर १० ।

कृषि शिक्षा पर्यटन र पुर्बधार प्राथमिकता हाम्रो,सबै स्वास्थ र समृद्ध भए बन्छ गौमुखी राम्रो” भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिका प्युठानको दसौं गाउँ सभा आज शुभारम्भ भएको छ ।गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले आ ब २०७८/०७९ को बाषिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । बार्सिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गिरीले कृषिको आधुनिककरण , यान्त्रिक र व्यावसायिककरणमा जोड दिने,गौमुखीको गुरुयोजना तयार पालिका भित्र रहेका उत्कृष्ट जेहेन्दार अति बिपन्न विद्यार्थीलाई इन्जिनियर ,एम बि बि एस डाक्टर र स्थाफ नर्स पढन लाग्ने खर्चको ५०% प्रतिशत रकम लगानी गर्ने,सुत्केरी संग पौष्टिक आहार प्याकेज कार्यक्रम ,घर दैलोमा डाक्टर कार्यक्रम ,गाउँपालिकाको आवधिक योजना,सडक गुरु योजना ,एक घर एक धारा अभियान ,दिगो बिकासको अबधारणा रहेका छन ।त्यसैगरि पुर्बधार, कृषि ,शिक्षा ,स्वास्थ्य, खानेपानी ,पशु,सडक ,बिधुत यातायात,सिंचाइ पर्यटन लगायतको शिर्षकमा बजेट बिनियोजन गरिने बताउनु भयो । भने सबै स्थानीय बासिहरुलाई कोरोना महामारी बाट बच्न र सुरक्षित रहन अनुरोध गर्नु भयो । गौमुखी गाउँपालिकाको उपाध्यक्ष तुलसी सुनारको स्वागत मन्तव्य संगै भएको कार्यक्रमको संचालन प्रमुख प्रशासकिय अधिकृत सुमन पन्थले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend