साझा नेटवर्क
अनिल खत्री,गुल्मी असार १० ।
गुल्मी मदाने गाउँपालिकाले आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । गाउँपालिकाको नबौ गाउँसभामा अध्यक्ष दान बहादुर केसिले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्र, कृषि, पर्यटन विकास र रोजगारी सिर्जना लाई प्राथमिकतामा राखि नीति तथा कार्यक्रम ल्याएको छ । ठुला तथा बहुबर्षिय योजनाहरु खानेपानी,भबन निर्माण ,मोटरबाटो ,पुल निर्माण तथा गौरवका योजनालाई निरन्तरता दिँदै विदेशबाट कोरोनाको कारण स्वदेश आएका युवाहरुलाई सिपको आधारमा रोजगारी दिइने,सास्कृतिक सम्पदाहरुको दिगो विकासमा महत्व दिने उल्लेख गरिएको छ। गाउँपालिका भित्रका सम्पुर्ण वडाहरुमा खरको छाना मुक्त गरिसकेको तर कोरोना भाईरसको कारण केही समय पछि घोषणा गर्ने बताईएको हो । किसानहरुको बजार सुनिश्चित गर्न आफ्नै ठाउमा उत्पादन गरि प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गर्ने, कृषि, पर्यटन प्रवद्र्धन सगं विषेश जोड दिने तथा गाउँपालिकाले बिद्यार्थीहरुको गुणस्तरीय पढाईको लागि शिक्षकको लागि विशेष तालिम दिइने बताईएको छ ।
त्यस्तै गरिब निबारणको लागि लघु उद्धम तालिम,सुत्केरी महिलाको लागि निशुल्क एम्बुलेन्स सेवा तथा कुनै महिला गर्भबती हुदा पालिका बाट प्रतिनिधि सोही घरमा भेटघाट गर्ने नितिमा उल्लेख गरिएको छ। लकडाउन का कारण रोकिएको शिक्षा नियमावली पास गरिएको गाउँपालिका उपाध्यक्ष सरिता खड्का चन्दले बताईन । मदाने गाउँपालिकाको आर्थिक बर्ष 2077÷2078 को अनुमानित कुल खर्च सार्बजनिक प्रमुख प्रशासकिय अधिकृत रुद्र पछाईले गरेका हुन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend