logo
  • आइतबार, असोज ११ २०८३

धुर्कोटमा ५२ करोड २३ लाख ७८ हजरको बजेट पेश


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल,गुल्मी असार १०।
धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०७८/७९ का लागि ५२ करोड २३ लाख ७८ हजार बजेट पेश भएको छ । गाउँपालिकाको बिहिबार सम्पन्न आठौँ गाउँसभामा गाउँपालिका उपाध्यक्ष शिव बहादुर खत्रीले उक्त रकमको बजेट पेश गरेका हुन्।
गाउँपालिकाको विषयगत कार्यालयको सर्शत अनुदान २४ करोड ४१ लाख र गाउँपालिकाको चालुखर्च सात करोड ५६ लाख रहेको छ । त्यसैगरी पुँजीगत खर्चतर्फ २० करोड २६ लाख ७८ हजार रहेको छ । गाउँपालिकाले विकास कार्यलाई दीगो र व्यवस्थित बनाउनका लागि संघ र प्रदेशसँगको साझेदारीका लागि तीन करोड ५० लाख बिनियोजन गरेको छ।

गाउँपालिकाभित्रका पूर्वाधारहरुको मर्मतका लागि मर्मत संभार कोषमा ४० लाख, कृषि, उद्योग, पर्यटन, सहकारी र वित्तीय क्षेत्र विकासका लागि दुई करोड पाँच लाख २५ हजार बिनियोजन गरेको छ । स्वास्थ्य, खानेपानी, सरसफाई, लैङ्गिक समानता लगायतका सामाजिक विकासतर्फ दुई करोड ४५ लाख १५ हजार, सडक, सिँचाई, भवन तथा शहरी विकास, उर्जा र संचार क्षेत्रका योजनाहरुका पूर्वाधार विकासको लागि छ करोड ८२ लाख १५ हजार, वातावरणमैत्री दीगो विकास, वातावरण संरक्षण, जलवायु परिवर्तन तथा विपत व्यवस्थापनतर्फ ८८ लाख ८० हजार बिनियोजन गरिएको छ ।

मानव संसाधन विकास, संस्थागत क्षमता विकास, सेवा प्रवाहका मापदण्ड निर्धारण, आन्तरिक लेखापरीक्षण तथा आन्तरिक नियन्त्रणप्रणाली, अन्तिम लेखा परीक्षण तथा बेरुजु फछ्र्यौटर्फ ६९ लाख ७० हजार बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष खत्रीले जानकारी दिए । गाउँपालिकाले कृषि र पशु विकास कार्यक्रम, कुमारीदेवी मन्दिर क्षेत्र संरक्षण, कालिकास्थान मन्दिर निर्माण, किरातेश्वर संस्कृत पाठशाला र सामुदायिक विकासका लागि बाख्रा उद्यम परियोजना गरी आर्थिक विकासतर्फ सातवटा योजनामा एक करोड ६९ लाख बिनियोजन भएको छ।

शिक्षा तथा युवा, महिला, ग्रामिण खानेपानी तथा सरसफाई, विभिन्न विद्यालय, घाइते तथा अपाङ्ग, खानेपानी लगायतको सामाजिक विकासतर्फ एक करोड ५५ लाख, पूर्वाधार विकासतर्फ पाँच करोड ६७ लाख ५० हजार, वन, वातावरण तथा विपत् व्यवस्थापनतर्फ ८० लाख, सुशासन तथा संस्थागत विकासतर्फ ५७ लाख बिनियोजन गरिएको उपाध्यक्ष खत्रीले जानकारी दिए ।

बिहिबार पेश भएको बजेटमाथिको छलफल असार १७ गते हुने गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend