logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ११जना कोरोना मुक्त भएसँगै ३८ संक्रमित थपिए


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

केशब गौतम, गुल्मी असार ९ ।
गुल्मीमा पछिल्लो २४ घण्टामा ३८ जनामा कारोना संक्रमण पुष्टि भएको छ ।२४७ जनाको परिक्षण गर्दा २० जना पुरुष र १८ जना महिला गरि ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

संक्रमित हुनेमध्य जिल्लाको मुसिकोट नगरपालिका र धुर्कोट गाउँपालिकामा ९-९ जना,रुरुक्षेत्र गाउँपालिकामा ७ जना,रेसुङ्गा नगरपालिकामा ५ जना,छत्रकोट गाउँपालिकामा ३ जना,गुल्मीदरबार गाउँपालिकामा २ जना, इस्मा गाउँपालिका सत्यवती गाउँपालिका र मालिका गाउँपालिकामा १-१ जना गरि ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएका छन । यो संगै जिल्लामा २ हजार ९ सय ११ जना संक्रमित मुक्त भएका छन । जिल्लामा संिक्रय संक्रमित २४८ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहे संगै जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend