साझा नेटवर्क
साझा नेटवर्क, दोहा असार ६।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाको विशेष अग्रसरता र संयोजकत्वमा शुरु भएको अभियान ‘कोभिड विरुद्धको हाम्रो अभियान’ अन्तर्गतको आठौ संवाद श्रृंखला प्रवास अन्तर्गत मध्यपूर्वमा कोभिड तनाव, प्रवासी नेपाली र वैदेशिक रोजगार’ विषयक भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
डा संग्रौलाले जेष्ठ ७ गते प्रदेश नम्बर १ बाट सुरु गरेको अभियान असार ४ शुक्रवार मध्यपुर्व आयोजित आठौ संवाद श्रृंखलामा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु, चिकित्सक मध्यपुर्व अन्तर्गत कतार, युएई, वहराईन, कुवेत, साउदी, ओमान तथा इजरायल र साइप्रस का जनसंपर्क समितिका सभापती पदाधिकारी तथा सदस्य हरुको सह भागीतामा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख आथिति पुर्ब स्वास्थ्य मन्त्री नेपाली कांग्रेसका केन्द्रिय सदस्य एव संघिय सांसद गगन कुमार थापाले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान सरकारले कोरोना विरुद्धको खोप किन्ने अवसर गुमाएको आरोप लगाउनु भयो । सम्बोधनका क्रममा थापाले भने, ‘गत पुस महिनामा प्रधानमन्त्री केपी ओलीले संसद् विघटन नगरेको भए अहिलेसम्म नेपालमा खोप आइसक्ने थियो ।
‘संसद् चलेको भए संसद्ले निर्देशन दिन्थ्यो र सरकार खोप किन्न बाध्य हुन्थ्यो । तर सरकारले त्यो अवसर पनि गुमायो ।’ पूर्वमन्त्री थापाले खोप किन्न खर्च गरिएको पैसा खर्च नभएर लगानी भएको पनि वताउनु भयो । ‘अधिकांश जनताले खोप लगाइसकेपछि लकडाउन गर्नु पर्दैनथ्यो, अर्थतन्त्र चलायमान हुन्थ्यो र खोप किन्न खर्च गरेको ४०–५० अर्ब रुपियाँ उठिसक्थ्यो’, उहाले भन्नु भयो ‘नालायक र अकर्मण्य प्रधानमन्त्रीका कारण देशले ठूलो क्षति व्यहोर्नु परेको छ ।’
आफू स्वास्थ्यमन्त्री हुँदा भरतपुर अस्पतालमा २ करोड रुपियाँको लागतमा अक्सिजन प्लान्ट बनाउन सफल भएको भन्दै नेता थापाले गत माघ-फागुन महिनामा सरकारले अक्सिजनको प्रबन्ध गर्न नसक्दा सयौं नेपाली नागरिकको ज्यान गएको वताउनु भयो । ‘प्रधानमन्त्रीको हातमा हत्याको दाग लागेको छ’, उनले जिकिर गर्नु भयो ।
उनले कोरोना महामारीका बेला औषधि किन्दा भ्रष्टाचार गर्ने, महँगो चार्टर्ड उडान गरेर कमिसन खाने यस्तो सरकार संसारमै कहीं नभएको दाबी गर्दै ‘महामारीमा सबैभन्दा महत्वपूर्ण कुरा समय हो । चीन र भारतमा कोरोना महामारी फैलिएको ३०-३५ दिनपछि नेपालमा कोरोना ‘लक्षण’ देखिएको हो तर सरकारले त्यो समयको उपयोग गर्न सकेन’ ।
थापाले आउँदो एक-डेढ वर्ष नेपाली कांग्रेसले सरकार चलाउने अवसर पाउने विश्वास व्यक्त गर्दै त्यसका लागि अहिलेदेखि नै तयारी गर्नुपर्ने ‘नेपालको राजस्व कर्मचारीको तलब, भत्ता दिनमात्रै पुग्छ, विकास निर्माणको काम गर्न ऋण लिनु पर्ने अवस्था छ। त्यसैले नेपालभित्रै लाखौं रोजगारी कसरी सिर्जना गर्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा कसरी सर्वसुलभ र गुणस्तरीय बनाउने भन्नेतर्फ अहिलेदेखि नै तयारी गर्न जरुरी छ’, उनले भने । उनले नेपाली कांग्रेसभित्र ‘विधानको शासन’ आवश्यक रहेकोमा पनि जोड दिए ।
कार्यक्रम सम्योजक डा डिला संग्रौला, चिकित्सक डा मदन भण्डारी जनसंपर्क समिती ले नेपाली जनतालाई कोभिडबाट बच्न र बचाउन नेपाली काङ्ग्रेसले गरेका विभिन्न प्रयासहरु अन्तर्गत डा संग्रौलाले आयोजना गरेका सात वटै श्रृंखलाले कोरोनाका संक्रमित तथा अरु सबै नागरिकलाई निकै लाभ पुगेको बताए ।
उहाले यस्तो महामारीका बेलामा पनि सरकार नेपाली जनताको स्वास्थ्यको ध्यान दिनुको सट्टा सत्ता केन्द्रित भएर मन्त्री उपप्रधानमन्त्री थप्नमा मस्त भएको भन्दै यस्तो अवस्थामा नेपाली काँग्रेसले जनतालाई सक्दो सहयोग गर्नुपर्ने धारणा अनुरुप यो कार्यक्रम सन्चालन भएको र जसले धेरै जनतालाई लाभन्भित पनि भएको कुरा बताउनु भयो ।
कार्यक्रमका संयोजक एवं यस अभियानका अभियानकर्ता काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले देश कोरोना महामारीले आकुल ब्याकुल भएका बेला कम्युनिष्ट सरकारको स्वार्थ केन्द्रित हुदै महामारीका बेला संबिधान मिचेर चुनाव घोषणा गरेर जनतालाई थप कष्ट प्रदान गरेको बताउदै यो दुःखद् अवस्थामा स्वदेश तथा बिदेशमा रहेका नेपालीको माझमा यो कार्यक्रमले नेपाली कांग्रेस र आफू जनतासँगै रहेको आभास दिलाइरहेको वताउनु भयो ।
यस अभियानबाट संक्रमितलाई उर्जा, देशका नीति निर्माताका साथै सबै सर्वसाधारणलाई नै महामारीबाट बाच्न थोरै मात्र भए पनि सहयोग पुग्ने आशाका साथ आफूले सो अभियानको शुरुवात गरेको जानकारी डा. संग्रौलाले दिनु भयो । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले मध्यपूर्व र मलेसियाका नेपाली श्रमिकहरुले कोभिडका कारण जागिर गुमाएको जनाउँदै श्रम सम्झौता सकिएर घर फर्कनै पर्ने अवस्थाका श्रमिकहरुलाई अन्तर्राष्ट्रिय उडान स्थगित हुँदा ठूलो समस्या व्यहोरिरहेको बताइन् । संग्रौलाले छुट्टीमा आएका श्रमिकहरु पनि सजिलै फर्कन नसक्ने अवस्थाले धेरैले रोजिरोटी गुमाउनु परेको जनाइन् ।
कार्यक्रममा कन्सल्टेन्ट आयुर्वेद सर्जन मदन भण्डारीले कोरोना भाइरसको परिचय दिँदै आयुर्वेद तथा वैकल्पिक चिकित्सका पद्दतिबाट कसरी ठीक पार्ने भन्ने बारेमा सुझावहरु प्रस्तुत गरेका थिए ।
करिब ४ घण्टा चलेको कार्यक्रममा विभिन्न देशमा रहेका जनसम्पर्क समितिका सभापतिहरूले आफु कार्यरत देशको सांगठनिक गतिविधि र कोभिडको मारमा परेका नेपालीहरूको अवस्था र समसामयिक विषयमा विभागीय प्रमुखमार्फत केन्द्रलाई जानकारी गराएका थिए ।
कार्यक्रमका वक्ताहरुमा जनसंपर्क समन्वय बिभाग केन्द्रिय सदस्य नरेन्द्र भाट, गैर आवासीय नेपाली संघ मध्यपूर्वका संयोजक प्रवीण गुरुङ, मध्यपूर्वका युवा संयोजक तथा महाधिवेशन प्रतिनिधि राज रेग्मी, महिला बिभाग सदस्य उशा भुसाल सुबेदी, जनसम्पर्क समितिहरूका तर्फबाट कतारका सभापति मोहम्मद अजिज अली, बहराइनका पदम सुन्दर राहुल गुरुङ, साउदी अरेबियाका अर्जुन थापा, ओमानका सालिक चापागाईँ, कुवेतका राजेन्द्र विरही साइप्रस कि सभापती सिता अर्याल जनसम्पर्क समितिले कोभिड समयमा खेलेको भूमिका बारेमा जानकारी दिँदै कोभिड्को समयमा सरकारको आक्रमणयता ले हामीलाई विना देशको नागरिक भए जस्तो महशुस भएको सरकार रेमिटेन्स कती आयो भनेर खोज्दछ तर नागरिक ले के पिडा खेपेको छ खोज्दैन नेपाली कांग्रेसले अहिले खेलेको भूमिका जनता सुख दु:खमा दिएको साथ भोली सत्ता प्राप्ती गर्दा पनि नभुलोस भन्ने सुझाब राखेका थिए ।
कार्यक्रममा बरिष्ठ पत्रकार भागीरथ योगी लगायत जनसम्पर्क समितिहरूका उपसभापति, महामन्त्री र नेपाली कांग्रेस चौधौँ महाधिवेशनका महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन जनसम्पर्क समिति कतारका संस्थापक महामन्त्री, महासमिति सदस्य एव नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका केन्द्रीय सदस्य विमल सुवेदीले गरेका थिए ।





© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend