logo
  • मंगलबार, असोज १३ २०८३

२४ घण्टामा तीन हजार चार सय ५६ जना सङ्क्रमण मुक्त


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

असार ६ काठमाण्डौ – पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ७७ जनाको पीसीआर परीक्षण गर्दा एक हजार चार सय २१ जना र चार हजार दुई सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा एक हजार २१ जना गरी दुई हजार चार सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा तीन हजार चार सय ५६ जना सङ्क्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या पाँच लाख
५६ हजार सात सय ९८ पुगेको छ ।
अहिले नेपालमा ५५ हजार पाँच सय ३२ जना सक्रिय सङ्क्रमित रहेका
छन् ।
यस्तै पछिल्लो २४ घण्टा र थप विवरण प्राप्त सहित ५१ जना
कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा
कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ हजार सात सय २६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend