साझा नेटवर्क
यमलाल भुसाल, बुटवल असार ५ ।
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले विभिन्न जिल्ला र स्थानीय पालिकाहरुमा आफ्नो शाखाहरु विस्तार गर्दै आएको छ । पछिल्लो समयमा रगतको अभाव र व्यवस्थापन समस्या देखिएपछि स्थानीय स्तर र जिल्लामा शाखा विस्तार गर्ने कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाएको छ ।
कसैले पनि रगतको अभावमा मृत्यु वरण गर्न नपरोस भन्दै रगत दान र व्यवस्थापनमा अग्रसर छ । विशुद्ध मानवीय सेवामा अग्रसर रहेको को नेपाल नियमित रक्तदाता संघ नेपाल कै पुरानो सस्था हो ।
सैनामैनाको सुनगाभा मावि सम्पन्न भेलाले सैनामैनाका ११ वटै वडाका युवा समाजसेवीको सहभागितामा शंकर ज्ञवालीको अध्यक्षतामा ११ सदस्य कार्य समिति चयन गरिएको छ ।
जसको उपाध्यक्षमा दामोदर खत्री,सचिवमा पवन पोख्रेल ,कोषाध्यक्षमा दिपक गैरे,सह– सचीवमा जितु बोहरा ,सह–कोषाध्यक्ष राजन भट्टराई,सदस्यमा सुमित सापकोटा,कृष्ण गौतम,भोजराज भण्डारी,केशवराज कडेल,मिलन पौडेल रहनु भएको छ ।
नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनिको प्रमुख आतिथ्यता,सुनगाभा स्कुलका प्राचार्य तिल बहादुर केसीे नेपाल रेडक्रस सोसाइटी दुधराक्षयका सभापति रिम बहादुर श्रेष्ठ,लायन्स क्लब अफ सैनामैनाका अध्यक्ष हरि पोख्रेल, जेसिसका उपाध्यक्ष रामचन्द्र ढकाल, उपाध्यक्ष लेखनाथ भण्डारी, सचिव महेश खनाल, कोषाध्यक्ष दिपक अधिकारी लगाएतले नयाँ कार्य समितिलाई सुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको संचालन सचिव महेश खनालले गर्नु भएको थियो । नया कार्य समितिको सहयोगमा यही जेठ ६ गते बृहत रक्तदान कार्यक्रम तय भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend