logo
  • शनिबार, भाद्र २० २०८३

एनआरएनए एनसीसी अध्यक्षमा पुनः मुक्तदा मुसलमानको उम्मेद्वारी


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

राम प्रसाद पराजुली,  कतार।
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद (एनआरएनए/एनसीसी) कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले पुन: (२०२१–२०२३) कार्यकालको लागी एनसीसीको अध्यक्षमा उम्मेद्वारी  दिएका छन ।
एनसीसी कतारका बर्तमान अध्यक्ष तथा बिभिन्न समाजिक क्षेत्रमा कार्यरत रही स्वदेश वा बिदेशमा भईपरी आएका बिभिन्न समस्याहरुलाई नजिकबाट नियालीएर काम गर्दै आएका मुसलामानले आगामी हुँदै गरेको एनआरएनए राष्ट्रिय  समन्वय परिषद कतारको आसन्न नवौ  राष्ट्रिय महाधिबेशन मार्फत (२०२१–२०२३) कार्यकालका लागि पुनः अध्यक्षमा उम्मेद्वारी दिएका हुन ।
बिगतमा घोषित कार्यक्रमहरु बिविध कारणबस सम्पन्न गर्न असमर्थ भएकोले अधुरा / अपुरा कामहरु सम्पन्न गर्नको लागी सम्पुर्ण कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको पुर्ण साथ, सहयोग र समर्थनका लागि हार्दिक अनुरोध गर्दै (२०२१–२०२३) कार्यकालका लागि पुनः अध्यक्षको उम्मेदवारी घोषणा गरेको उनले बताएका छन ।
आफु एनसीसी र कतारमा रहेका सम्पुर्ण नेपालीहरुको हक हितका लागी सदैब प्रयत्नशील रही काम गरेको बताउदै कतार बासी एनसीसी सदस्यहरुलाई अघिल्लो कार्यकालको कामकाे मुल्यांकन गरी आगामी कार्यकालको अध्यक्षमा पुनः एकपटक निर्बाचित गराउन आग्रह गरेका छन । मोहम्मद मुक्तदा मुसलमानका आगामी कार्यकालको लागी बाकी रहेका कामहरु सम्पन्न गर्ने प्रतिबद्धता तपसिल रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend