साझा नेटवर्क
अनिल खत्री, गुल्मी असार ५ ।
गुल्मी जिल्लाको मदनभण्डारी राजमार्गमा सडक माथी पहिरोमा ठूलो ढुंगा अडकीएपछि यात्रा गर्न जोखिम बनेको छ।
जिल्लाको रेसुङ्गा नगरपालिकाको वडा नम्बर–४ को तम्घास सिमलटारी सड्कको रागेढुङ्गामा सडक माथी पहिरोमा ठूला–ठूला ढुंगा जोखिम पूर्ण अबस्थामा रहेपछि यात्रा गर्न जोखिम बनेको हो ।
पछिल्लो समय यता परिरहेको अबिरले वर्षाले ति ढुंगाहरु कतिबेला खस्ने हुन भन्नेत्रासमा यात्रा गर्नेहरु आवत जावत गर्ने गरेका छन् । जिल्ला सदरमुकाम तम्घास भित्रिने अतिव्यस्त सडकमा केहि भाग पहिरोले खसेको छ भने केहि ठूला ढुंगा सहित खस्ने अबस्थामा जोखिम पूर्ण अबस्थामा रहेपछि सवारी साधान र पैदल यात्रु समेत जोखिम मोलेर यात्रा गर्ने गरेका छन् ।
दैनिक जसो पानी परिरहेकाले पहिरो खस्ने हो भन्ने डरले पहिरो हेरेर गाडि चलाउने र पैदल यात्रा गर्नेहरु हिडने गरेको दुर्गा भण्डारीले बताए । दिउसको समयमा त हेरेर हिडने गरेतापनि रातको समयमा भने हिडन समस्या हुने गरेको सवारी चालकहरुको भनाई छ । अघिल्लो वर्ष वर्षा याममा ति ठूला ढुंगाहरु जोखिम बनेका थिए । नेपाली सेनाले हटाउने प्रयास गरे पनि ठूला ढुंगाहरु भने हटाउन सकेका थिएनन् ।
जोखिमपूर्ण ठूलो क्षती हुन नदिन तत्कालै पहिरो हटाउनु पर्नेमा स्थानीयको माग छ । रैदी रागेढुङ्गा मन्दीर नजिकै केहि वर्ष पहिले देखि नै ठूला ढुंगाहरुले जोखिमपूर्ण बन्ने गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend