साझा नेटवर्क
साझा नेटवर्क, कतार असार ४ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आशन्न निर्वाचन २०२१–२०२३ कार्यकालको लागी सह-कोषाध्यक्ष पदमा कतारबाट झबिन्द्र आचार्यले उम्मेदवारी दिएका छन ।
कतारमा रहेर लामो समय समाज सेवामा लागेका आचार्य आफ्नो अनुभवहरुलाई संगाल्दै एनआरएनएलाई उपलब्धी मुलक बनाउने उद्धेश्यले गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको नवौ राष्ट्रिय महाधिबेशन मार्फत २०२१–२०२३ कार्यकालको लागी सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
आचार्य लामो समयदेखि कतारमा बसेका नेपाली समुदायको नजिक रही नेपाली समाज र समुदायको हितको लागि काम गर्दै आएका एक समाजसेवी हुन । प्रवासमा दुख र पिडामा परेका हजारौ नेपालीलाई उद्धार तथा सहयोग गरेको कतारवासी नेपालीहरुमा सर्व-विधितै रहेको छ ।
गुल्मी सेवा समाज कतारका प्रमुख सल्लाहकार तथा समाज सेवामा निरन्तर खटिरहेका आचार्य एनआरएनए एनसिसि कतारको गरिमा र प्रतिष्ठालाई थप उचाईमा पुर्याउन केही गर्ने आत्म विस्वासका साथ उम्मेदवारी दिने निर्णय गरेको साझा नेटवर्कलाई जानकारी दिए ।
आफु सदैव एनसीसी कतारको बृहत्तर हित र कतारमा रहेका नेपालीहरुको हक हितका लागी काम गर्ने बताउदै कतार बासी एनसीसी सदस्यहरुलाई आगामी कार्यकालको लागि आफ्नो अमुल्य मत दिई सह-कोषाध्यक्ष पदमा विजयी गराउन आग्रह गरेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend