साझा नेटवर्क
काठमाण्डौ ,आषाढ ३
प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नसक्ने बताउनुभएको छ ।
सर्वोच्च अदालत लाई लिखित जवाफ पठाउँदै प्रधानमन्त्री ओलीले
संविधान र कानुनको व्याख्या गर्ने अदालत आफैँले व्यवस्थापिका वा कार्यपालिकाको भूमिका निर्वाह गर्न नसक्ने बताउनुभएको हो ।
यो विषय नितान्त राजनीतिक र कार्यपालिकी प्रक्रिया भएको भन्दै उहाँले संविधानको धारा ७६ ले प्रधानमन्त्री नियुक्ति गर्ने अधिकार राष्ट्रपति बाहेक कसैलाई पनि नदिएको बताउनुभयो ।
संविधानको धारा ७६ को उपधारा (५) बमोजिम नियुक्त नभएको कुनै व्यक्तिले प्रतिनिधि सभामा विश्वासको मत पाउने अवस्था थियो वा थिएन भनी परीक्षण प्रतिनिधि सभा वा अदालतमा हुने कुनै परिकल्पना नगरिएको समेत प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध १४६ सांसदले दायर गरेको रिटमा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लाई प्रधानमन्त्री नियुक्त गर्न समेत माग गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend