logo
  • मंगलबार, असोज १३ २०८३

बर्षाले गरायो तानसेन १४ मा ६ घर बिस्थापित


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

असार २ ,चुरामणि तिमिल्सिना, रिडी लगातारको अबिरल बर्षाले तानसेन नगरपालिका वडा नं १४ मा ६ घर बिस्थापित भएका छन् । को साबिक वडा नं ९ मन्दिर परिसरका ४ घर र कुसेनिका २ घर बिस्थापित भएका वडा अध्यक्ष कमल रानाले जानकारी दिनुभयो।
यो समाचार तयार पार्दा सम्म पानीको सतह केहि घटेको छ ।
यस्तै सोहि वडाको पशु सेवा कार्यालय पहिरोको जोखिममा रहेको र अन्य साविकका वडाहरुमा पनि क्षति भएको अध्यक्ष रानाले बताउनुभयो ।
यता गुल्मीे रुरु क्षेत्र गाउँपालिका वडा नं १ रिडी गुल्मीको बसपार्क देखिमाथि रहेको रिडी खर्ज्याङ सडक खण्डका १० घर जोखिममा रहेको स्थानिय सोभित थापाले जानकारी
दिनुभएको छ । एकातिर खोलामा पानीको बहाब बढेको , अर्कोतिर घर माथि बाट सानो सानो पहिरो खसेका कारण दुर्घटना हुन नदिन केही समयको लागि उहाँको घरको सम्पुर्ण सामान सारिएको उद्धारमा खटिनु भएका नबराज बिकले बताउनुभयो ।नेपाल सरकारको गौरबका आयोजना लामो समय देखि सञ्चालन भएका तिन मुखे पुल, कालीगण्डकी करिडोर , रिडीखोला तथा कालीगण्डकी तटबन्ध , पुल्क्याम्प देखि स्याङ्जा जोड्ने पक्कि पुल निर्माणका लागि राखिएका सामाग्रीहरु समेत बगाएको तथा पुरिएको हुनाले क्षति कति भयो भन्ने अहिले नै एकिन गर्न नसकिएको पुलका लागि सहजकर्ताको भुमिकामा खटिनु भएका करण बर्माले बताउनुभयो।
बर्माले ज्यामिहरु बस्दै आएका घर टहराहरु पनि बाढीले बगाएको हुनाले पानी रोकिए पछी पनि पुलको काममा ढिलाई हुन सक्ने जानकारी दिनुभयो । यस ठांउमा रहनुभएका सम्पुर्ण बासिन्दाहरु लाइ बाढी तथा पहिरो जुन बेला पनि आउन सक्ने भएकोले चर्किएका घर, खोला नाला नजिकका घर गोठमा बस्न तथा यस ठाउमा नजान आफुले सामाजिक सञ्जाल तथा वडा सदस्य मार्फत आग्रह गरेको वडा न १ रिडीका वडा अध्यक्ष रामलाल बिकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend