साझा नेटवर्क
कमल पौडेल, बागलुङ असार ०१
आजवाट देशभर नयाँ शैक्षिक सत्रसँगै विद्यार्थी भर्ना र पढाइको तयारी सुरु भएको छ।
कोरोना भाइरस (कोभिड १९) को कारण लकडाउन चलिरहेको र भौतिक रुपमा विद्यालयमा उपस्थितहुन संभव नभएकै सन्दर्भमा सुरु भएको शैक्षिक सत्रलाई फलदायी बनाउन विद्यालयहरु जुटेका हुन्। देशभरका विद्यालयहरुले हिँजो अर्थात जेठ मसान्त सम्म वार्षिक नतिजा प्रकाशन गरिसकेका छन्।
बागलुङको बडिगाड गाउँपालिका तथा गुल्मीको मुसिकोट नगरपालिकामा रहेका विद्यालयहरुले पनि सुचना सञ्चार प्रविधिका माध्यमबाट विद्यार्थीहरुलाई भर्ना आह्वान गरेका छन्। खर्वाङमा रहेको त्रिभुवन नमुना माध्यमिक विद्यालयले वेवसाइटमा भर्ना फारम राखेर अनलाइन मार्फत भर्नाहुन विद्यार्थीहरुलाई आग्रह गरेको छ। विद्यालयका प्रधानाध्यापक ढालमणि भण्डारीले असारको पहिलो हप्ता पूर्ण रुपमा अनलाइन तथा फोन मार्फत विद्यार्थी भर्ना कार्यक्रम सुरु गर्ने र त्यस लगत्तै घरमै पाठ्यपुस्तक पुर्याउँदै बैकल्पिक माध्यमबाट कक्षा आरम्भ गर्ने तयारी गरिरहेको जानकारी दिनुभएको छ।
नेपाली तथा अंग्रेजि माध्ययममा साधारण तथा प्राविधिक धारमा कक्षा संचालन गर्दै आएको विद्यालयले भर्नाको लागि विद्यार्थीहरुलाई आह्वान गरेको छ। विगत ४ वर्ष देखि प्राविधिक धार तर्फ कक्षा ९ देखि १२ सम्म निशुल्क वालि विज्ञान (कृषि) विषयमा पठनपाठन सञ्चालन भैरहेको विद्यालयले ३ वर्ष अघि देखिनै बागलुङ जिल्लामै सामुदायीक विद्यालय तर्फ पहिलो पटक विद्यालय वस समेत सञ्चालन गरिरहेको छ।
५ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेको विद्यालयले यस वर्ष देखि माहुरीपालन समेत गर्न लागेको र प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना अन्तरगत थप कृषि कार्यक्रम सञ्चालन गर्न लागिएको विद्यालयका कृषि प्रशिक्षक दिपन वस्यालले जानकारी दिनुभएको छ। त्रिभुवन नमुना माविमा भर्ना हुन यहाँ क्लिक गर्न सकिन्छ। https://tbss.edu.np/student-admission-form/
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend