साझा नेटवर्क
असार १, बुटवल । रुपन्देहीको देवदहमा चरंगे खोलामा आएको बाढीले सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गतको उक्त सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनारायण पाण्डेले मध्यान्ह १२ बजे पसेको पानीले डाइभर्सन भासिएको बताउनुभयो ।
सडक अवरुद्ध भएपछि दुवै तर्फका सवारी साधन अलपत्र परेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend