logo
  • शुक्रबार, साउन ८ २०८३

सीमामा अलपत्र परेका मजदुरको उद्दारमा खटिए युवा नेता पोखरेल


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

बिमल प्रसाद पाेख्रेल,प्यूठान जेठ ३० ।

प्युठान राेजगारिकाे शिलसिलामा भारतमा गएका प्युठानि मजदुरहरु काेभिड १९ काे दाेर्साे लहरका कारण भारतमा काम नचलेपछि दिन प्रतिदिन स्वदेश फर्किन थालेकाछन । भारतबाट जनतन नेपालकाे कृष्णनगर बर्डर नाकाहरुमा आएर अलपत्र परेका ती मजदुरहरुकाे उद्वारमा प्युठानका एक समाजसेबि युवा प्रमाेद पाेख्रेल लागि परेकाछन । उनले मानब सेबा नै सबैभन्दा ठुलाे धर्म भएकाे भन्दै दुई वटा गाडिलिएर कृष्णनगर आफै पुगेका छन् । निजि सबारि साधनबाट जिल्ला भित्रिएका मजदुर हरुलाई गाउगाउमा पुर्याउँदा स्वयम् आफु नै काेभिडकाे बिरामि भए । एक महिना लामाे काेराेना सितकाे युद्ध जितेपछि पुन पाेखरेल जनताकाे सेवामा लागेका हुन । अलपत्र मजदुरलाई निशुल्क उद्वारमा लागेका छन । शनिबार भारतकाे विभिन्न स्थानबाट अाएर कपिलबस्तुकाे कृष्णनगर बाेर्डरमा अलपत्रपरेका दर्जनाै मजदुरहरुलाई लिन प्युठानबाट एउटा बस र अाफ्नाे निजि साधन लिएर उनी बाेडरमा पुगेमा हुन । दुई तीन दिन अघि देखि अाएर सिमा नाकामा बसेका प्युठानि मजदुर र अाउदै गरेका मजदुरलाई निशुल्करुपमा जिल्लामा भित्राई गाउगाउमा पुराएका छन । उनी बडरमा पुग्दा मजदुरहरुकाे खुसिकाे सिमानै थिएन सबैसंग सामाजिक दुरि कायम राखि काेभिड महामारीको बारेमा सचेत र सजग रहन अाग्रह गर्दै बसमा चढ्न लगाएका हुन ।

बस चढेका झिमरुक गाउपालिका तीन बेअाेरेका बसन्त पाेखरेलले भन्नुभयाे हामिलाइ लिन गाडिलिएर अाएकाे देख्दा भगवान अाएजस्ताे भयाे । गत बर्ष सरकारले टिपरमा लगेकाे थियाे कांग्रेस नेता प्रमाेदले बसमा मिनरल वाटर सहित हामिलाइ गाउँ पुराउनु भयाे । हामि भारतबाट अाउनेहरुका लागि उहाँ भगवान जस्तै बन्नु भयाे । जिल्ला स्थित स्थानिय सरकारले गत बर्ष काेभिडका कारण भारत बाट नेपाल भित्रिएका मजदुरहरुलाई टिप्परमा बाेकेकाे तस्बिर सामाजिक संजालमा निकै भाईरल र अालाेचित बनेका थिए । संबधित सराेकार बाला निकाय याे बर्ष जिल्ला काेभिडकाे उच्च जाेखिममा परेकाेले मानव उद्वारमा खटिएकाे देखिदैन । पाेख्रेलले गत बर्ष काठमाडौंमा अलपत्र परेका मजदुर तथा बिर्धार्थिकाे उद्वार गरेका थिए । यसरी महामारिका बेला सामाजिक दुरि कायम राखि माक्स सेनिटाईजर प्रयाेग गरि मानव उद्वारमा लागेका पाेख्रेललाई देश बिदेसमा रहेका लाखाै जन्ताले सामाजिक संजालमा धन्यवाद ब्यक्त गरेका छन ।

भारतबाट नेपाल फर्कने प्युठानिहरु ग्रुपमा अाएमा अाफुले लगातार उद्वार गर्ने पाेख्रेलले बताए पाेख्रेल नेपाली काङ्ग्रेस प्युठानका महाधिवेशन प्रतिनिधि हुन उनी गएकाे स्थानिय तहकाे निर्बाचनमा प्युठानकाे झिमरुक गाउपालिकाबाट गाउपालिका अध्यक्ष पदमा चुनाब लडेका थिए । चुनाब जितेकाहरु गुमनाम हुदा चुनाबबाट पराजित भएका पाेख्रेल निरन्तर सामाजिक कार्यमा लाग्दा सबैका धन्यवादका उदाहरणीय पात्र बनेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend