साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी जेठ ३०।
गुल्मीमा घटे कोरोना संक्रमित,थप ८ जनामा संक्रमण पुष्टि गुल्मीमा पछिल्लो समय कोरोना संक्रमितहरु घटिरहेका छन।
जिल्लामा पछिल्लो २४ घण्टामा ८ जनामा कारोना संक्रमण पुष्टि भएको छ। ९० जनामा गरिएको कुल परीक्षणमध्ये ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ। जिल्लाको सत्यवति गाउपालीकामा ६ जना, मदाने गाउपालीका र रेसुंगा नगरपालीकामा १–१ जना गरि ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ३० जना निको भएर डिस्चार्ज भएका छन, यो संगै जिल्लामा अहिले सम्म २ हजार ४ सय १४ जना निको भएर घर फर्किएका छन। जिल्लामा सक्रिय संक्रमित ४ सय ८० जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । जिल्लामा दोस्रो लहर सुरु भएपछि कोरोना भाइरस संक्रमणका कारण ८९ जनाले ज्यान गुमाएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend