साझा नेटवर्क
३० जेठ, काठमाडौं । गएको २४ घण्टामा दुई हजार चार सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
२४ घण्टामा सात हजार पाँच सय १७ जनाको पीसीआर र चार हजार आठ सय ८९ जनाको एन्टिजेन विधि मार्फत परीक्षण गर्दा दुई हजार चार सय सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा कोरोनाको परीक्षण घटेसँगै सङ्क्रमितको सङ्ख्या पनि घटेको छ ।
यस्तै गएको २४ घण्टामा तीन हजार नौ सय ५४ जना डिस्चार्ज भएका छन् । यस्तै कोरोना सङ्क्रमणका कारण थप ४६ जनाको जनाको ज्यान गएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend