साझा नेटवर्क
३० जेठ,चुरामणि तिमिल्सिना ,पाल्पा -पाल्पामा आज दिउँसो टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।
दुर्घटनामा परि रुरु गाउँपालिका वडा नम्बर २ बस्ने ४५ वर्षीय टंक कुँवरको मृत्युु भएको हो ।
बुटवल बाट गुल्मी तर्फ सिमेन्ट लिएर जादै गरेको बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको
प्रदेश ३–००१ क २५० नम्बरको टिप्पर लाई रिब्दीकोट गाउँपालिका वडा नम्बर २ लघुवा स्थित गुल्मी पाल्पा सडक खण्डमा ठक्कर दिदा सो दुर्घटना भएको हो ।
दुर्घटनामा परि रुरु गाउँपालिका वडा नम्बर २ बस्ने ३८ वर्षीय अशोक कुँवर , सोही स्थान बस्ने ४२ वर्षीया रमा कुँवर , ललितपुरका राजेन्द्र बजगाइ र नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ९ बस्ने २२ वर्षका किसन कुवर घाइते भएका छन् । घाइते मध्ये रिमा कुँवरको अवस्था गम्भीर रहेको
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् प्रबक्ता
रामेश्वर त्वातीले जानकारी दिनु भयो।
ठक्कर बाट अनियन्त्रीत भएका दुवै टिप्पर सडकबाट २२० मिटर तल खसेका प्रहरीले जनाएको छ।।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend