logo
  • शुक्रबार, साउन ८ २०८३

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क,काठमाण्डाै जेठ २९ ।

नेपाली कांग्रेसले १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने निर्णय गरेको छ । यसअघि भदौ ७ गतेदेखि महाधिवेशन गर्ने निर्णय भए पनि आज बसेको पदाधिकारीको बैठकले नौ दिन पर सार्दै १६ देखि १९ गते केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।यो निर्णयलाई अब केन्द्रीय समितिको बैठकले पारित गर्नुपर्नेछ । यसअघिका तालिका परिमार्जन गर्दै क्रियाशील सदस्यता छानबिन समितिले अन्तिम सदस्यता सूची २०७८ साल असार २० गतेभित्र केन्द्रीय समितिमा बुझाउने र क्रियाशील सदस्यताको अन्तिम सूची २०७८ असार २४ गतेभित्र केन्द्रीय निर्वाचन समितिलाई बुझाउने तालिका रहेको छ । यस्तै गाउँ र नगर वडा अधिवेशन साउन ६ गते , गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते र एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ ।

यस्तै प्रदेश अधिवेशन १ र २ गतेको लागि प्रस्ताव गरिएको छ । कोरोना महामारी र बर्खाको बीचमा पनि महाधिवेशन गर्न समस्या रहेको तर त्यसको बारेमा छलफल गरेर निर्णय लिइने सहमहामन्त्री प्रकासशरण महतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend