logo
  • शुक्रबार, असोज ९ २०८३

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाण्डाै जेठ २९ ।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतको आधारमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन । कृष्णचन्द्र नेपाली पोखरेललाई कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे) गरी ३१ जनाले समर्थन गरेका छन् ।राष्ट्रिय जनमोर्चाका कृष्ण थापाले साथ नदिए पनि स्वतन्त्र प्रदेशसभा सदस्य राजिव गुरुङले विपक्षीलाई साथ दिएपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन बहुमत पुगेको हो । हिजो प्रदेशप्रमुख सीताकुमारी पौडेलले बहुमतसहित मुख्यमन्त्रीमा दाबी गर्न २४ घण्टाको समय दिएलगत्तै विपक्षी गठबन्धनका ३१ जना नै उपस्थित भएर दाबी गरेका थिए ।

आज दिउँसो फेरि मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी पेश गरेपछि केहीबेर किचलो भएको थियो । विपक्षी दलका ३१ जना सांसदले प्रदेश प्रमुखको निवासमा धर्ना दिएका थिए । कांग्रेस र जनमोर्चाले केन्द्रमा जस्तै असंवैधानिक काम नगर्न प्रदेश प्रमुखलाई चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend