साझा नेटवर्क
अनिल खत्री, गुल्मी जेठ २९ ।
गुल्मेली कलाकार तिलक बस्नेत सहितको टोलीलाई सुर्खेतमा भएको निर्घातरुपमा कुटपिटको लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले दोषिलाई हदैसम्मको कारबाहीको माग गरेको छ ।
शुक्रवार राती सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गुल्मेली कलाकार बस्नेत सहित सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही, राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको थियो ।
प्रतिष्ठान गुल्मीले शनिवार एक बिज्ञप्ती जारी गर्दै कोरोनाको समस्यामा परेका जनतालाई मलम लगाउने उद्देश्यका साथ देशव्यापी रुपमा करोडौंको स्वास्थ्य सामाग्री निशुल्क रुपमा लिएर कर्णाली प्रदेशको सुर्खेत पुगेका टिमलाई निर्घातरुपमा कुटपिट गरिएको घटना दुखद आपत्तिजनक र निन्दनीय भएको जनाएको छ ।
घटनाको घोर भर्सना गर्दै सत्यतथ्य छानबिन गरी दोषिलाई हदैसम्मको कारबाहीको माग गर्दछौं साथै घाईते सम्पूर्णको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
सोहि टोलीले जेठ २६ गते गुल्मी जिल्लाका बिभिन्न स्वास्थ्य चौकीलाई वोधीसत्वा बिहार वुढानिल्कण्ठ काठमाण्डौंको आर्थिक सहयोग ३० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तातरण गरेर सुर्खेत तर्फ लागेको थियो ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend