logo
  • शुक्रबार, असोज ९ २०८३

बागमती प्रदेशको प्रदेशसभा सदस्य नरोत्तमले फिर्ता लिए आफ्नो अभिव्यक्ति


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

काठमाडौं ,जेठ २९,बागमती प्रदेशको प्रदेशसभा सदस्य नरोत्तम वैद्यले आफ्नो अभिव्यक्ति फिर्ता लिएका छन्।

शुक्रबार बसेको संसद बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए। उनले उक्त अभिव्यक्ति शनिबार बसेको संसद बैठकको सुरुवातमा नै समय लिएर उक्त अभिव्यक्ति फिर्ता लिएका हुन्।

बैठकको सुरुवातमै सभामुख सानुकुमार श्रेष्ठले वैद्यलाई समय दिएका थिए। वैद्यले वाक स्वतन्त्रताको प्रयोग गरेर निर्धक्कसँग बोल्न पाउने अधिकारको प्रयोग गर्दै बोल्ने क्रममा आफूले आवश्यकता भन्दा धेरै बोलेको भन्दै माफी मागेका छन्।

‘प्रधानमन्त्री ओलीसँग मेरो व्यक्तिगत रिस छैन,’ सांसद वैद्यले भने, ‘संसदमा निर्धक्क बोल्न पाउने अधिकार प्रयोग गरेर बोलिरहदा मैले स्वतन्त्रता लाई धेरै प्रयोग गरेर त्यस्तो बोल्न पुगेछु। त्यसलाई म फिर्ता लिन चाहान्छु।’

वैद्यले आफूले दिएको अभिव्यक्तिको सामाजिक सञ्जालमा धेरै प्रतिक्रिया आएको र पार्टीले पनि आत्मालोचना गर्न निर्देशन दिएको भन्दै अभिव्यक्ति फिर्ता लिएका हुन्।
उनले आत्मालोचना गर्दै माफी मागेकाले प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले उक्त अभिव्यक्ति संसद्को रेकर्ड बाट हटाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend