logo
  • आइतबार, असोज ११ २०८३

लोक दोहोरी प्रतिष्ठानको समन्वयमा जिल्ला भित्रियो स्वास्थ्य सामग्री


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल,गुल्मी जेठ २८ ।

वोधिसत्वा विहार, काठमाडौको सहयोग तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, जिल्ला शाखा गुल्मीको समन्वयमा गुल्मीमा लाखौँ मुल्यको स्वास्थ्य सामग्री भित्रिएको छ । कोरोना महामारीले तिब्र रुप लिन थालेपछि लोक तथा दोहोरी गित प्रतिष्ठानले स्वास्थ्य सामग्री भित्राउन पहल लिएको हो ।विश्वभरका बौद्ध धर्मालम्बिहरुको आर्थिक सहयोगबाट प्राप्त सामग्री मंगलबार गुल्मीका विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिएको लोक तथा दोहोरी गित प्रतिष्ठानका अध्यक्ष बसन्त खत्रीले जानकारी दिए । बौद्धिसत्ता बिहारका प्रमुख शान्ता शर्मा, हाम्रो नेपाल, हामी नेपालीका संयोजक ज्ञनेन्द्र शाही, कलाकार तिलक बस्नेत लगायतको समुहले उक्त सामग्री हस्तान्तरण गरेको थियो । कुल २० ओटा अक्सिजन कन्सन्टेटर, माक्स, ग्लोब्, पिपिई, सेनिटाइजर लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री विभिन्न स्वास्थ्य संस्थामा वितरण गरिएको छ । गुल्मी अस्पताल, इस्मा, अर्जै, हर्दिनेटा, गुल्मी दरबार, रिडी, श्रृङ्गा, दुविचौर र शान्तिपुरका स्वास्थ्य संस्थामा उक्त सामग्री वितरण गरिएको हो । कलाकार बस्नेतले माहामारीको समयमा कसैल स्वास्थ्य सामग्रीको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले सहयोग गरेको जानकारी दिए ।

बौद्धिसत्ता बिहारका प्रमुख शर्माले स्वास्थ्य सामग्री देशमा अन्य ठाउँमा पनि वितरण गर्न थालिएको जानकारी दिए । कोरोना महामारीमा महत्वपूर्ण स्वास्थ्य सामग्री लिएर जिल्ला आएको भन्दै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानले बौद्धिसत्ता बिहारलाई सम्मान पत्र प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend