logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मी सेवा समाज कतारद्वारा “अक्सिजन प्लान्ट अभियान”मा ३५ हजार सहयोग


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

हुमाकान्त पोखरेल, गुल्मी जेठ २६ ।
नेपाल पत्रकार महासंघ, जिल्ला शाखा गुल्मीले संचालन गरेको अक्सिजन प्लान्ट अभियानको लागि गुल्मी सेवा समाज कतारले ३५ हजार सहयोग गरेको छ । रोजगारीको शिलशिलामा कतारमा कार्यरत गुल्मेलीहरुको उक्त संस्थाले जिल्लामा अक्सिजन प्लान्ट बनाउनको लागि रकम सहयोग गरेको हो ।

कोभिड महामारी चलिरहेको र अक्सिजनकै कारण बिरामीहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएकोले पत्रकार महासंघले सुरु गरेको अक्सिजन प्लान्ट अभियानमा आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष कुमार अविरल पन्थीले जानकारी दिए ।

पन्थीले पत्रकार महासंघले राम्रो कामको सुरुवात गरेकोले आफुहरुले सहयोग गरेको बताए । संस्थाले गैरआवासीय नेपाली संघले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ भन्ने अभियानमा पनि आर्थिक सहयोग गरेको छ ।

संस्थाले गुल्मीका १२ वटै पालिकाका दुई वटा विद्यालयका कम्तिमा चारजना विद्यार्थीलाई प्रत्येक बर्ष छात्रवृत्ती समेत प्रदान गर्दै आएको छ । पत्रकार महासंघका अध्यक्ष टोपलाल अर्यालले भौतिक शरिर परदेशमा भएपनि आफ्नो गाउँलाई समस्या पर्दा सम्झिएकोमा खुसि व्यक्त गरे ।

हालसम्म संकलित रकममध्येबाट ५० लाख गुल्मी अस्पताललाई प्रदान गरेको भन्दै अर्यालले अब आफुहरुको ध्यान अक्सिजन प्लान्ट निर्माणमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend