साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी जेठ २६।
पछिल्लो २४ घण्टामा थप ४६ जना कोरोना संक्रमित भएका छन् । २०८ जनामा गरिएको कुल परीक्षणमध्ये ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा गुल्मीमा जिल्लाको रेसुङ्गा नगरपालिकामा ५ जना,सत्यवती गाउँपालिकामा २ जना,इस्मा गाउँपालिका १४ जना,छत्रकोट गाउँपालिकामा २ जना,मुसिकोट नगरपालिकामा १२ जना,मालिका गाउँपालिकामा १ जना,चन्द्रकोट गाउँपालीकामा १ जना,कालीगण्डकी गाउँपालिकामा २ जना र धुर्कोट गाउँपालिकामा ७ जना गरि ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यो सगै अहिले सम्म गुल्मीमा कोरोना संक्रमितको संख्या दुई हजार ८ सय ६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ सय ५० पुगेको छ। पछिल्लो २४ घण्टामा गुल्मीमा ७१ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित गुल्मीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ हजार २ सय २८ पुगेको जनस्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ ।
यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान जानेको संख्या ० रहेसंगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८७ पुगेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend