logo
  • शुक्रबार, साउन ८ २०८३

राज नेपालीका परिवारलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क, दक्षिण कोरिया जेठ २४।
कोरोना कहरका बिचमा भारतमा ज्यान गुमाएका राज नेपालीको पिडीत परिबारका लागी दक्षिण कोरियामा कार्यरत नेपालीले सहयोग गरेका छन । कोरियामा रहेका पुर्व पत्रकार तथा सञ्चारकर्मी कृष्ण बिसीको सक्रियतामा ४२,४७० रुपैया संकलन गरि सहयोग गरिएको हो ।
१ महिना अघि भारतमा ३४ बर्षिय राजको निधन भएको थियो । कमाउने सदस्यको निधन भएपछि परिबारमा आर्थिक बोझ थपिएकाले परिबारले सहयोगको याचना गरेका थिए । संकलित उक्त रकम आज परिवारलाई हस्तान्तरण गरिएको छ ।
परिवारजनले रकम पाएपछि केही भएपनि सहयोग भएको र सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका छन । हस्तान्तरण कार्यक्रममा ,शिक्षक एवंम स्थानिहरुको उपस्थीती रहेको थियो ।

नेपालीको परिबारका लागी सहयोग गर्नेहरुमा कृष्ण बिसी,सन्तोष लिम्बु,केशर लिम्बु, सुजन खतिवडा,अरुण नेम्वाङ, शेरू केसी हस्तिचाैर थामाकाचौर, कृष्ण केसी हस्तिचाैर थामाकाचौर,यम खत्री हर्पुकाेट रामहरि बाेहरा सिन्धुपाल्चाेक, प्रकाश पाैडेल अर्घाखाँची, कृष्ण केसी गुल्मी अग्लुङ पाेविन पुन पर्वत, आशिष भण्डारी गुल्मी, राजु अधिकारी पाल्पा, दिलिप कार्की बाग्लुङ,चिरञ्जीवी ज्ञवाली पाल्पा लक्ष्मण पाैडेल नवलपरासी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend