logo
  • शुक्रबार, साउन ८ २०८३

२४ घण्टामा थप १४० जना कोरोना संक्रमित,२ जनाको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

साझा नेटवर्क गुल्मी, जेठ २४।
गुल्मीमा पछिल्लो २४ घण्टामा थप १४० जना कोरोना संक्रमित भएका छन् । ३६१ जनामा गरिएको कुल परीक्षणमध्ये १४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गुल्मीमा सबैभन्दा धेरै जिल्लाको सत्यवती गाउँपालिकामा ९५ जना,इस्मा गाउँपालिका १५ जना,छत्रकोट गाउँपालिकामा १३ जना,मुसिकोट गाउपालिकामा ४ जना,रुरुक्षेत्र गाउँपालिकामा ९ जना,चन्द्रकोट गाउँपालिकामा २ जना,र धुर्कोट गाउँपालिकामा २ जना गरि १४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो सगै अहिले सम्म गुल्मीमा कोरोना संक्रमितको संख्या दुई हजार ७ सय ८२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या छ सय ४ पुगेको छ। पछिल्लो २४ घण्टामा गुल्मीमा ११७ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित गुल्मीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ हजार ९२ पुगेको जनस्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाका कारण २ जनाको ज्यान गएको छ।जिल्लाको मुसिकोट नगरपालिका ४ कि ८१ वर्षीय महिला र जिल्लाकै चन्द्रकोट गाउँपालिका २ की ६२ वर्षीय महिलाको ज्यान गएसँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend