साझा नेटवर्क
साझा नेटवर्क, दोहा जेठ २३।
कतारको एक प्रतिष्ठित कम्पनीमा सेल्स म्यानेजरको पोस्टमा रहेर काम गर्दै आउनू भएका कल्याण अधिकारीलाई एक कार्यक्रमका विच विवेकशील साझा सद्भाव समूह राष्ट्रीय समिति कतारले विदाई गरेको छ ।
विगत ६ बर्षदेखी कल्याण अधिकारी विवेकशील साझामा आबद्ध रही, कतार समितिको ब्याकबोनको रूपमा काम गर्दै आउनू भएको थियो । धेरै नबोल्ने अत्यन्तै सरल र शालिन व्यक्तित्व कल्याण अधिकारी १४ बर्षको कतार बसाईको अनुभव संगालेर नेपालमा नै उद्यमी बन्ने सपना बोकेर कतार बसाईलाई विट मार्दै हुनूहून्छ ।
कोभिड-१९ को कारणले गर्दा भर्चुअल्ल र भौतिक उपस्थितमा विदाई कार्यक्रम सम्पन्न गरिएको ब्यबस्थापन प्रमुख कल्याण थापाले बताए । अधिकारीको विदाई कार्यक्रममा विवेकशील साझा पार्टीका अन्तर्राष्ट्रीय समिति संयोजक श्री सुरेश भट्ट, कतार संयोजक गणेश कार्की, सल्लाहकार प्रमुख टंक चौलगाई, कोष प्रमुख दिपेन्द्र थापा, गोपाल न्यौपाने र समिति सदस्य सन्तोष पौडेलको उपस्थित रहेको थियो।
कल्याण अधिकारीलाई भौतिक र भर्चुअल्ल उपस्थित भएका साथीहरूले शुभकामना दिनू भएको थियो भने प्रतक्ष्य उपस्थित भएका साथीहरूले ढाकाटोपी, दोसल्ला, खादा र सम्मानपत्र प्रदान गरी, नेपाल बसाईको सुखद शुभकामना व्यक्त गर्दै कल्याण अधिकारीको विदाई गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend