साझा नेटवर्क
केशब गौतम, गुल्मी जेठ २३।
पछिल्लो २४ घण्टामा थप ५२ जना कोरोना संक्रमित भएका छन् । २३२ जनामा गरिएको कुल परीक्षणमध्ये ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गुल्मीमा सबैभन्दा धेरै जिल्लाको मुसिकोट गाउपालिकामा १९ जना,रुरुक्षेत्र गाउँपालिकामा १६ जना,छत्रकोट गाउँपालिकामा १३ जना,कालिगण्डकी गाउपालिकामा १ जना,सत्यवती गाउँपालिकामा २ जना र धुर्कोट गाउँपालिकामा १ जना गरि ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यो सगै गुल्मीमा कोरोना सक्रिय संक्रमितको संख्या पांच सय ८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गुल्मीमा ५५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यो सहित गुल्मीमा कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या १ हजार नौ सय ७५ पुगेको जनस्वास्थ्य कार्यालयले गुल्मीले जानकारी दिएको छ ।
यस्तै,पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुमाउने संख्या ० रहेसँगै दोस्रो कोरोना लहरका कारण गुल्मीमा मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend