साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु जेठ २२ ।
युवा कपिलवस्तुको आयोजनामा कपिलवस्तुमा फुड बैंक अभियान सुरुवात गरिएको छ।पशुपति गिरीको संयाेजकमा जिल्लाका सक्रिय युवाहरुले आजबाट वाणगंगाको भग्लापुरका केही विपन्न घरपरिवारलाई राहत वितरण गरि अभियानको सुरुवात गरेका छन ।
याे अभियानमा लायन्स क्लब अफ वाणगंगा कपिलवस्तु जेसिस र लियो कलबले संरक्षकको रुपमा सहकार्य गर्ने युवा अभियान कर्ता सराेज घिमिरेले जानकारी दिए । जिल्ला भित्र खाद्यान्न अभाव भएर भोकमरीले कोहि पनि मर्न नपरोस भनी युवाहरुले गत वर्ष पनि फुड बैंक आयोजना गरेका थिए ।
यो पटक अझ व्यवस्थित रुपमा कार्यक्रम अगाडि बढाउने र वास्तविक पिडित परिवार पहिचान गरि राहत वितरण गर्ने कुरा सामाजिक अभियान्ता सागर बन्जाडेले बताए ।
बन्जाडेका अनुसार अभियानमा साथ दिनका लागि युवाहरुले नगर वडा उद्योग वाणिज्य संघ लगाएत जिल्लाका विशिष्ट व्यक्तीमाझ अपिल पनि गरेका छन र जिल्ला भित्र कसैलाई खाद्यान्न अभाव भए सम्पर्क गर्न समेत बताएका छन।
आजको अभियानमा युवाको तर्फबाट पशुपति गिरी सागर बन्जाडे कोपिला गिरि मधुसूदन भुषाल अरुणा पौडेल सरोज घिमिरे र सिर्जना आचार्य उपस्थित रहेका थिए।यो अभियानलाई सफल्ताका साथ सम्पन्न गर्न सहयोग उठ्ने क्रम समेत जारी रहेको कुरा समेत युवा कि सचिव काेपिला गिरीले जानकारी दिएकि छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend