साझा नेटवर्क
यमलाल भुसाल, बुटवल जेठ २२ ।
बिश्व वातावरण दिवसको अवसर पारेर रुपन्देहीको तिलात्तमा नगरपालिकाको ६ मा गठित तिलोत्तमा सामुदायीक पार्क समितिले साताव्यापी बृक्षा रोपणको कार्यक्रम शुरु गरेको छ ।
तिलोत्तमा पार्कलाई जिल्लाकै नमूना योग्य र फूलको अनुसंन्धान स्थलका रुपमा विकास गर्ने लक्ष्य राखेको संस्थाले २० हजार बढी फूलका विरुवा रोेप्ने गरि अभियान शुरु गरेको संस्थाका अध्यक्ष दीपक पाठकले बताउनु भयो ।
पार्कमा कपुर, धुपी, हेज र सिउडी प्रजातीका विरुवा रोप्न थालिएको र एक साता सम्म बृक्षा रोपण गरिने संस्थाका उपाध्यक्ष श्याम न्यौपानेले बताउनु भयो । संस्थाले आफै पार्कमा विरुवा तयार गरि बृक्षा रोपण शुरु गरेको छ ।
साताव्यापी बृक्षा रोपण कार्यक्रमको तिलोत्तमा नगरपालिकाका मेयर वासुदेव घिमिरेले शुभारम्भ गदै संस्थाले गरेको सराहनी काममा नगरपालिकाको सधै साथ र सहयोग रहने बताउनु भयो ।
कोरोनाले थला परेको समयमा पार्कमा हरियाली वनाउने र फूलको अनुसन्धान स्थलका रुपमा विकास गर्ने संस्थाको सोचले वातावरणमा अक्सिजनको कमीलाई समेत केही टेवा पुराउने मेयर घिमिरेले बताउनु भयो ।
कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष शुकदेव न्यौपाने ४का वडा अध्यक्ष दीवाकर ढकाल संस्थाका कृष्ण केसी लतायतले पार्कलाई सुन्दर र रमणीय बनाउन बृक्षा रोपणले महत्व पूर्ण टेवा पुग्ने धारणा राख्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend