logo
  • शुक्रबार, साउन ८ २०८३

स्व. पत्रकार हिक्मत चौधरीको परिवारलाई पत्रकार महासंघ केन्द्रिय समितिद्वारा आर्थिक सहायोग


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

मोहन न्यौपाने,बुटवल जेष्ठ १९ ।

नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिले पठाएको रकम स्वर्गीय पत्रकार हिक्मत चौधरीको परिवारलाई प्रदान गरेको छ । कोरोना संक्रमणका कारण उपचाररत चौधरीको यहि जेठको ५ गते बुटवलको कारोना अस्पतालमा मृत्यु भएको थियो ।स्व. पत्रकार चौधरीको रुपन्देहीको तिलोत्तमा-५ मणिग्राम स्थित निवासमा पुुगेर नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका टोलीले सात्ववना दिदै काजकिरियाका लागि ३० हजार रुपैयाँ हस्तातरण गरेको हो । यसअघि नेपाल पत्रकार महासंघ रुपन्देहीले हालै स्थापना गरेको ‘पत्रकार कोरोना तथा आपतकालिन कोष’बाट नगद रु २५ हजार १ सय पनि प्रदान गरिएको थियो। केन्द्रिय समितिले पठाएको उक्त सहयोग रकम महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्वर्गीय चौधरीकी श्रीमती उदयदेवी चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।

केन्द्रिय समितिका अध्यक्ष बिपुल पोखरेलले संदेश पठाउदै सो घटनाप्रति दुख समेत ब्यक्त गर्नुभयो । उहाँले यो महामारीमा पत्रकार महासंघ रुपन्देहीबाट उपचारमा सक्दो कोसिश भएपनि बचाउन नसकेकोमा दुख ब्यक्त गर्दै परिवारजनमा हार्दिक समबेदना प्रकट गर्नुभएको छ । साथै उहाले कोभिडका कारण काठमाडौँमा उपचाररत बरिष्ठ पत्रकार मदनलाल पौडेलको शिघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभएको छ ।

सहयोग हस्तान्तरणमा अध्यक्ष रामराज पोख्रेल, कोशाध्यक्ष संजय सौगात, कार्यसमिति सदस्य मोहन न्यौपाने, केन्द्रिय पार्सद दिवाकर पन्थीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend