logo
  • शुक्रबार, साउन ८ २०८३

गुल्मीमा थप ७९ जनामा काेराेना संक्रमण पुष्टि, ७२ जना काेराेना जितेर घर फर्किए


  • साझा नेटवर्क
  • शुक्रबार, साउन ८ २०८३

केशब गौतम, गुल्मी जेठ १९।
गुल्मीमा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा ७९ संक्रमित देखिएका छन् ।

जिल्लाकाे रेसुङा नगरपालिकामा ३० जना,मुसिकोट नगरपालिकामा १५ जना, मदाने गाउँपालिकामा १ जना, धुर्कोट गाउँपालिकामा ९ जना, गुल्मीदरबार गाउँपालिकामा ६ जना,सत्यवती गाउँपालिकामा २ जना, चन्द्रकोट गाउँपालिकामा ३ जना,इस्मा गाउँपालिकामा २ जना,रुरुक्षेत्र गाउँपालिकामा ७ जना र छत्रकोट गाउँपालिकामा ४ जना गरि ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे।

याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ६१३ पुगेको छ । गुल्मीमा पछिल्लो २४ घण्टामा थप १ जनाकाे मृत्यु भएको छ। जिल्लाकाे रेसुङा नगरपालिका वडा नम्बर १४ का ५३ वर्षिय पुरुषकाे कोरोना संक्रमणका कारण ज्यान गएसंगै काेराेनाका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ८२ पुगेको छ।

त्यस्तै,पछिल्लो २४ घण्टामा ७२ जना काेराेना संक्रमण मुक्त भएका छन्।अहिले सम्म कुल एक हजार ६९७ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend