साझा नेटवर्क
केशब गौतम, गुल्मी जेठ १९।
गुल्मीमा थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला जन स्वास्थ्य कार्यालयका अनुसार बितेको २४ घण्टामा संक्रमित देखिएका छन् ।
जिल्लाकाे रेसुङा नगरपालिकामा १ जना, गुल्मीदरबार गाउँपालिकामा १ जना सत्यवती गाउँपालिकामा १६ जना, चन्द्रकोट गाउँपालिकामा ११ जना, इस्मा गाउँपालिकामा २ जना गरि ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे । याे सगै गुल्मीमा काेराेना सकृय संक्रमित संख्या ६०७ पुगेको छ ।
गुल्मीमा पछिल्लो २४ घण्टामा थप ३ जनाकाे मृत्यु भएको छ । सत्यवति गाउँपालीका वडा नम्बर ४ का ९८ वर्षिय पुरुष,कालीगण्डकी गाउँपालीका वडा नम्बर ५ का ७८ वर्षिय पुरुष, सत्यवति गाउँपालीका वडा नम्बर ३ का ४२ वर्षिय पुरुषकाे कोरोना संक्रमणका कारण ज्यान गएसंगै काेराेनाका कारण गुल्मीमा मृत्यु हुनेकाे संख्या ८१ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५३ जना काेराेना संक्रमण मुक्त भएका छन् । अहिले सम्म कुल एक हजार ६२५ जना कोरोना जितेर घर फर्किएको जन स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएकाे छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend